Tuesday, March 27, 2012

फोटो अफ द डे

Photo of the Day
फोटो अफ द डे



फोटोग्राफर: रन्जना ढुंगाना पौडेल
थिम: सनसेट
स्थान: ब्रकबेल पार्क, ल्याम्बेथ, लण्डन 
(Brockwell Park, Lambeth, London)
Camera used: Cannon IXUS 9515




Saturday, March 24, 2012

जति जति टाढा गयौ (गीत); राकेश कार्की




जति जति टाढा गयौ
उति उति रित्तो भएँ
छाना जग कै नभाको
ठिङ्ग्रीङ्ग भित्तो भएँ

चोट तिमीले देको हैन
आफै नै लागेको हो
झरी दिए त्यसै त्यसै
न त आँशु मागेको हो

Monday, March 19, 2012

तिमीले रोजेको बाटो (कविता); अजय ढुंगाना


तिमीले रोजेको बाटो 


२०५९ मङ्सिर अर्थात् माओबादी जनयुद्ध चलिरहदा लेखिएको कविता, आज पहिलो पटक यो ब्लगमा

हिड्नु पर्ने बाटो,
सजिलो थिएन,
तैपनि तिमीले बोलायौ,
म गइन |

तिमीले अन्धकारमा यात्रा शुरु गर्यौ,
म पनि यता,
लोडसेडिंगको मार खेप्दै थिए,
बिहान उठ्दा,
तिमीले स्कुल जलाएर आगो तापेछौ,
मैले त्यही दिनदेखी,
स्कुल जान छोडीदिए |

Friday, March 16, 2012

अल्विदा, नारायणीका राँके भूतहरु (कविता) अजय ढुंगाना

अल्विदा, नारायणीका राँके भूतहरु

देशमा गणतन्त्र घोषणा हुनुभन्दा पहिले (२०६४ बैशाख) मा लेखिएको मेरो एउटा कविता आजको ब्लगको सामग्री 

भो, भयो अति भयो,
अब चाँहिदैन मलाई,
नारायणीका राँके भूतहरुको,
क्रिसमस र नववर्षका,
शान्ति र दिर्घायुको कामना ।

साँच्चै अब चाँहिदैन मलाई,
कतिथ तेरो छत्रछायामा,
अल्झिएको, मक्किएको,
धर्मराएको, लड्बडाएको,
तेरो ओठे हाँसोमा नसुहाएको,
स्वतन्त्रताको भयावह नारा ।

ए! नारायणीका राँके भूतहरु,
त्यो मसानघाट भन्दा माथी उठेर हेर्,
एक टुक्रा संसार भन्दा पर,
नजर डुलाएर हेर्,
देख्नेछस् तैले,
त्यो मसानघाट भन्दा पर,
देवकोटा देखी भानुभक्तसम्म,
जो लेखिरहेछन् स्वतन्त्रताका कविता ।

Thursday, March 15, 2012

टि ट्वान्टी विश्वकपको बाटो/ Road map of T20 World Cup

Road map of T20 World Cup
टि ट्वान्टी विश्वकपको बाटो

अर्को बर्ष श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप क्रिकेटको नेपालले अहिले छनोट खेल खेलिरहेको छ | टेस्ट मान्यता प्राप्त राष्ट्रहरु भन्दा बाहेकका  एसोसिएट र एफिलीएट सदस्य राष्ट्रहरुबाट दुइ राष्ट्र छनोट हुनेछन, यसर्थमा फाइनलमा दुइ राष्ट्र स्वतः विश्वकपमा छनोट हुनेछन | तर यो प्रतियोगितामा फाइनलमा पुग्नु सोचे जस्तो सजिलो छैन, प्रतियोगिताले ग्रुपकै लिगलाई बढी फोकस गरेको छ | यसो गर्नुका कारण सबैभन्दा राम्रो टोलि विश्वकपका लागि छनोट होस् भन्नु हो | यो प्रतियोगिताको छनोट तरिकाका बारेमा धेरै स्पष्ट नभएका कारण आज यो सामग्री तयार पार्दैछु | नेपालको सम्भाव्यताका बारेमा मैले अघिल्लो एउटा पोष्ट पनि तयार परेको थिए | उक्त पोष्ट हेर्नका लागि यहाँ क्लिक गर्नु सक्नुहुन्छ | यो पोष्टमा तल राखिएको चित्रमा कुनै टोली कसरी श्रीलंकासम्मको यात्रा तय गर्न सक्छ भन्ने देखाइएको छ | चित्र त्यति सारो राम्रो छैन, (किनकी म यस्ता काममा दक्ष पनि छैन) तैपनि बुझ्न सजिलो होस् भनेर प्रयाप्त कोशिस गरेको छु | ठुलो बनाएर हेर्न तस्विरमै क्लिक गर्नु होला | प्रतिक्रियाका लागि तल कमेन्ट बक्स खाली छ :)

Sunday, March 11, 2012

सर्कस (कविता); अजय ढुंगाना


सर्कस
Circus (A poem)

एउटा सर्कसको कुरा,
एउटा जीवनको कुरा,
खोतल्दै जाँदा,
भारतबर्षको एउटा इतिहास |

जीवन चलेकै छ सर्कसमा,
हात्तीको पनि मान्छेको पनि,
माउतेको पनि, मालिकको पनि,
तर एउटा भद्दा जीवन,
र जीवनशैली देख्दा,
कयौ बाल श्रमिक,
घुटुक्क थुक निल्छन,
सर्कसमा बिग्रिएर लड्दा,
मर्किएको खुट्टा सम्झन्छन |

Thursday, March 8, 2012

गौंथली र देवकोटा (कविता); महाकबि लक्ष्मीप्रसाद देबकोटा


गौंथली र देवकोटा

क.
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

ख.
यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ !
प्रकृति बसेर, दुइटैको दिल,
एक धागोमा सिउँछ, सिउँछ !
त्यो तर्सिन्न, म शङ्किन !
मध्यरातमा एक कोठामा
दुइटै जीवको जाग्ने निहुँ छ
तलतिर लागे यस संसारमा
आगो, आगो,
मास्तिर ज्यादा लागेदेखिन्
यशको चिसो हिउँ छ, हिउँ छ !
बीच बासो,
फ्यारफ्यार मध्यम,
रसले जिउँछ, रसले जिउँछ !

Monday, March 5, 2012

समिक्षा; सर्ट मुभी मार्स एण्ड भेनसको

Review of Short Movie 'Mars & Venus'
समिक्षा; सर्ट मुभी मार्स एण्ड भेनसको

प्लस टु पढ्दाका मिलनसार एवं आत्मिय मित्र आशिक रेग्मीले निर्देशन गेरको तेश्रो सर्ट मुभी (छोटो चलचित्र) मार्स एण्ड भेनसका बारेमा यो समिक्षात्मक ब्लग लेख्न मन लाग्यो | मैले अघिल्लो पोष्टमा कतै लेखेको छु, म चलचित्र समिक्षक होइन र म त्यो हैसियत पनि राख्दिन तर एक सचेत दर्शक हूँ, त्यसैले दर्शकको आँखामा चलचित्र जस्तो देख्छु त्यस्तै लेख्छु | यसर्थ म यो पोष्टलाई एउटा दर्शकको तात्-तातो प्रतिक्रिया भन्न चहान्छु |

अस्ट्रेलियामा रहेर पछिल्लो समय निरन्तर सर्ट मुभी निर्माण र निर्देशनमा जुटिरहेका आशिक रेग्मीले निर्देशन गरेको नयाँ चलचित्र मार्स एण्ड भेनस आजै (मार्च ५)बाट यु-ट्युब मार्फत संसारभर रिलिज गरिएको छ | पछिल्लो समय सर्ट मुभी निर्माणमा होड बाजी जस्तै चलेको भए पनि यसलाई निरन्तरता दिने समुह वा व्यक्ति निक्कै कम भेटिन्छन | अल्टरनेटिभ आर्ट्स यस्तै निरन्तर लागिरहेको एउटा समुह हो | अल्टरनेटिभ आर्ट्स र आशिक रेग्मीका अघिल्ला प्रस्तुतिहरु मैले सबै नजिकबाट नियाल्दै आएको छु | मलाई यो पटक प्रस्तुतीकरण निक्कै उच्चकोटीको लाग्यो | मलाई यो पटक निक्कै मन परेको पाटो साउण्ड मिक्सिंग र साउण्ड क्वालिटी रह्यो | आफ्ना पुराना अनुभबबाट सिक्दै त्यसमा सुधार गर्ने निर्देशकिय कुशलता रेग्मीले यो पटक अझ प्रष्ट परेका छन् |

Saturday, March 3, 2012

साइन्स म्युजियममा देखिएका अनौठा गाडीहरु


Pictures of some strange car from Science Museum, London
साइन्स म्युजियममा देखिएका अनौठा गाडीहरु

तस्विर १