Wednesday, April 3, 2013

अब अल्लि गतिलो स्टेडियम बनाउने कि ?


एसीसी ट्वान्टी ट्वान्टी कप को यो संस्करण नेपालले सफलता पुर्बक सम्पन्न गरेको छ | खेलकुद भनेको खेल्न सक्ने खेलाडीका लागि मात्र हैन, हेर्ने र साथ दिने दर्शकका लागि पनि हो | तसो त नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको भनिने त्रि बि क्रिकेट ग्राउण्डको भौतिक पुर्बधारमा व्यापक परिबर्तन गर्न जरुरि छ | त्यहाँ आयोजना भएका हरेक संस्करणमा उपस्थित दर्शकले हामी नेपालीमा क्रिकेट मोह कति छ भन्ने कुरा प्रष्ट देखाउछ | दश साल पहिले त्यहाँको अवस्था र हालको अवस्थामा केहि बदलिएको छैन भन्दा फरक पर्दैन | सोसल मिडियामा भेटिएका केहि तस्वीरले मन कट्टक्क खायो, सरकार र क्यानलाई मेरो आग्रह टियुको यो स्टेडियमलाई अल्लि ब्यबस्थित गरि २-४ वटा अल्लि गतिलो स्टेडियम बनाउने कि ??





माथिका तिन तस्विरहरु अपिन अधिकारीको फेसबुक बाट लिइएको हो र अन्तिमको चाही इएसपीएन क्रिक इन्फोबाट लिइएको हो | 

No comments: