Tuesday, February 4, 2020

एक्सचेन्ज ट्रेडेड फण्ड (इटिएफ) एक चिनारी

क) अवधारणा

विकसित  धितोपत्र  बजारमा  एक्सचेन्ज  ट्रेडेड  फण्ड  (इटिएफ)  लाई  दोस्रो  बजारमा  कारोबार  हुने  गरी  नविन  लगानीको  उपकरणको  रुपमा  विकास  गरेको  पाइन्छ  ।  यसले  लगानी  योग्य  धितोपत्रहरुको  संग्रह  पोर्टफोलियो  (वा  बास्केट)  मा  भएको  सम्पूर्ण  धितोपत्रहरुको  सामूहिक  प्रतिनिधित्व गर्ने गर्दछ । इटिएफको केही बिशेषताहरु सामूहिक लगानी कोषसंग मिल्दोजुल्दो देखिन्छ तथापि सामूहिक लगानी कोष भन्दा इटिएफलाई अझ परिस्कृत अवधारणाको रुपमा लिने गरिन्छ । यो बन्दमुखी लगानी कोष झैं स्टक एक्सचेन्जमा सूचीकृत गरिएको हुन्छ भने खुल्लामुखी लगानी कोष झैं असिमित संख्यामा इकाइहरु जारी गर्न मिल्ने प्रकृतिको हुने गर्दछ ।
सामान्यतया इटिएफ कुनै सूचकांक(इन्डेक्स) मा आधारित रहेर बिभिन्न लगानी योग्य धितोपत्रहरुको समिश्रणबाट तयार पारिने लगानीको उपकरण हो । इटिएफ आफैले कुनै एक कम्पनीको धितोपत्र मात्रको प्रतिनिधित्व गर्दैन, यसले आफ्नो पोर्टफोलियोमा समाविष्ट सम्पूर्ण धितोपत्रको औसत मुल्य जनाउँदछ । जुन सामूहिक लगानी कोषमा भनिने खुद सम्पत्ति मूल्य (NAV) जस्तै हो । इन्डेक्समा आधारित रहेर तयार गरिएको फण्ड हुनाले यसलाई इण्डेक्स फण्ड पनि भन्ने गरिन्छ । यस्तो फण्ड प्यासिभ फण्ड (निष्कृय फण्ड) प्रकृतिको हुने गर्दछ जसको कारण यसको व्यवस्थापन खर्च उल्लेखनीय रुपमा कम हुन जान्छ । इटिएफलाई धितोपत्रको दोस्रो बजारमा सुचीकृत गरी निरन्तर कारोबारका लागि उपलब्ध गराइन्छ ।

ख) शुरुवात
सन  १९७०  देखि  अमेरिकामा  केही  शेयर  दलालले  S & P 500  जस्ता  इन्डेक्स  फण्डको  सेवा  लगानीकर्ताहरुलाई  दिइ  सकेका थिए । यसका साथै अमेरिकाको फिलाडेल्फिया स्टक एक्सचेन्ज र अमेरिकन स्टक एक्सचेन्जले संयुक्त रुपमा सन १९८९  मा Index Participation Share (IPS)  को  शुरुवात  गरेका  थिए  ।  IPS  लाई  लगानीकर्ताले  रुचि  देखाएको  भएता पनि सिकागोको मर्केन्टाइल एक्सचेन्जले उक्त IPS विरुद्ध मुद्दा दायर गरे पश्चात अमेरिकाको अदालतले IPS लाई फ्युचरर्स  कन्ट्रयाकको  रुपमा  कमोडिटी  फ्युचर्स  ट्रेडिङ  कमिसनबाट  नियमन  गरिने  फ्युचर्स  एक्सचेन्जबाट  मात्र  कारोबार  गर्नुपर्ने भनेर फैसला गरे पश्चात सो उपकरण अमेरिकी धितोपत्र बजारमा कारोबार हुन छाडयो ।  उक्त IPS को आधारभूत अबधारणा इटिएफसंग मिल्दो जुल्दो रहेको थियो । यही बीचमा क्यानडाको टोरोन्टो स्टक एक्सचेन्जमा Toronto Index Participation unit (TIPu) लाई मार्च १९९० सूचीकृत भई मार्च ९ मा कारोबार शुरुवात भयो । इक्विटीमा आधारित उक्त त्क्ष्एग लाई नै विश्वको पहिलो एक्सचेन्ज ट्रेडेड फण्डको रुपमा लिने गरिन्छ । अमेरिकामा भने त्यसको तीन बर्ष पश्चात मात्र इटिएफको शुरुवात भएको हो । यद्यपि बास्केट फन्डको अवधारणामा इटिएफको शेयर कारोबार भने केही बर्ष पश्चात मात्रै शुुरु भएको देखिन्छ ।

ग) सम्पत्ति व्यवस्थापनमा इटिएफ
सन १९९५ देखि २००० सम्मको अवधिमा इटिएफको विश्व बजारमा बार्षिक औसत एक सय प्रतिशत भन्दा बढीको बृद्धि देखिए पश्चात इटिएफले विश्व बजारको ध्यान खिचेको थियो । केही अनुसन्धानकर्ताले उक्त समयमा इटिएफमा आएको बृद्धिलाई तत्कालिन समयको डट कम बबलसंग संगै जोडेर हेरिनुपर्ने धारणा पनि व्यक्त गरेको भेटिन्छ । विश्वमा सन १९९० को दशकबाट प्रचलनमा आएको इटिएफको प्रयोग पछिल्लो समय धितोपत्र बजारमा व्यापक रुपमा हुदै गएको पाइन्छ । सन  २००५  सम्म  आइपुग्दा  इटिएफको  उपकरणगत  विविधता  र  कारोबार  रकमले  निक्कै  ठूलो  फड्को  मारेको  थियो  भने  इटिएफ मार्फत विश्वभर करिब ३४३ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति व्यवस्थापन गरिएको थियो । यद्यपि संयुक्त राज्य अमेरिकामा सन २००८ भन्दा अगाडि कुनै इडेक्सलाई ट्र्याक गर्ने बाहेकको इटिएफलाई स्वीकृति दिइदैनथ्यो तर सन लेख÷रचनाएक्सचेन्ज ट्रेडेड फण्ड (इटिएफ) एक चिनारी । क) अवधारणाविकसित  धितोपत्र  बजारमा  एक्सचेन्ज  ट्रेडेड  फण्ड  (इटिएफ)  लाई  दोस्रो  बजारमा  कारोबार  हुने  गरी  नविन  लगानीको  उपकरणको  रुपमा  विकास  गरेको  पाइन्छ  ।  यसले  लगानी  योग्य  धितोपत्रहरुको  संग्रह  पोर्टफोलियो  (वा  बास्केट)  मा  भएको  सम्पूर्ण  धितोपत्रहरुको  सामूहिक  प्रतिनिधित्व गर्ने गर्दछ । इटिएफको केही बिशेषताहरु सामूहिक लगानी कोषसंग मिल्दोजुल्दो देखिन्छ तथापि सामूहिक लगानी कोष भन्दा इटिएफलाई अझ परिस्कृत अवधारणाको रुपमा लिने गरिन्छ । यो बन्दमुखी लगानी कोष झैं स्टक एक्सचेन्जमा सूचीकृत गरिएको हुन्छ भने खुल्लामुखी लगानी कोष झैं असिमित संख्यामा इकाइहरु जारी गर्न मिल्ने प्रकृतिको हुने गर्दछ । श्री अजय ढुंगानासहायक निर्देशकनेपाल धितोपत्र बोर्ड । 
२००८ पश्चात सेक्युरिटिज एक्सचेन्ज कमिसन अमेरिकाले अन्य प्रकृतिका इटिएफहरुलाई पनि संचालन अनुमति दिएको देखिन्छ । तत् पश्चात ऋणपत्र इटिएफ, मुद्रा इटिएफ, कमोडिटी इटिएफ, लिभरेज इटिएफ, गोल्ड इटिएफ जस्ता इटिएफहरु लगानीकर्ताको लगानीको लागि उपलब्ध छन । इन्भेष्टमेन्ट कम्पनी फ्याक्टबुकका अनुसार २०१८ को अन्तसम्म आइपुग्दा इटिएफ मार्फत विश्वभर ४.७ ट्रिलियन डलर बराबरको सम्पत्ति व्यवस्थापन भएको छ जसको करिब ७१ प्रतिशत (३.२ ट्रिलियन डलर) हिस्सा अमेरिकाले ओगट्छ ।

इटिएफ मार्फत सम्पत्ति व्यवस्थापन 
 
स्रोतः इन्भेष्टमेन्ट कम्पनी फ्याक्टबुक २०१९

घ) इटिएफका फाइदाहरु
एक्सचेन्ज ट्रेडेड फण्डको प्रमुख कार्य भनेको लगानी विविधिकरण गर्नु हो । इटिएफ आधारित हुने इण्डेक्समा एक भन्दा बढी लगानी योग्य धितोपत्रहरु उपलब्ध हुन्छन । उपलब्ध हुने ति सबै धितोपत्रमा इटिएफले लगानी गर्ने हुदा उक्त इटिएफमा लगानी  गर्ने  लगानीकर्ताको  लगानी  विविधिकरण  हुन  जान्छ,  जसले  गर्दा  लगानीमा  निहित  जोखिमलाई  कम  गर्न  मद्दत  गर्दछ । जसले गर्दा थोरै रकम मात्रै लगानी गर्ने साना लगानीकर्ताले पनि लगानी विविधिकरणको सिद्धान्त अनुरुप लगानी गर्न सक्दछन । यसको दोस्रो फाइदा भनेको इटिएफको दोस्रो बजारमा हुने निरन्तर कारोबार हो, जसले गर्दा यसको निरन्तर मुल्य लगानीकर्ताको लागि उपलब्ध हुन सक्दछ । इटिएफले अर्थतन्त्रमा भएको कुनै पनि परिवर्तनको प्रतिक्रिया मुल्य मार्फत तत्काल दिन सक्दछ भने खुलामुखी लगानी कोषले त्यस्तो प्रतिक्रिया दोस्रो बजारमा कारोबार बन्द भैकेपछी ढिलो गरी मात्रै दिन सक्दछ । खुल्लामुखी सामूहिक लगानी कोष धितोपत्रको दोस्रो बजार बन्द भएपश्चात समायोजित मुल्यमा मात्रै कारोबारका लागि उपलब्ध हुन्छ, जसले गर्दा कारोबार योग्य समयमा धितोपत्रको मुल्यमा हुने  घटबढमा लगानीकर्ताले उक्त घटबढको फाइदा लिन पाँउदैनन । यद्यपि बन्दमुखी लगानी कोषका इकाइहरु दोस्रो बजारमा सुचीकृत भएका हुन्छन र इटिएफ जसरी नै निरन्तर कारोबार भैरहेका हुन्छन ।
बन्दमुखी लगानी कोषको प्रति इकाइ खुद सम्पत्ति मूल्यसंग दोस्रो बजारको कारोबार मूल्य बीचको अन्तर इटिएफको भन्दा अधिक हुने गर्दछ । जसको अर्थ इटिएफको कारोबार मूल्य बन्दमुखी लगानी कोषको कारोबार मूल्य भन्दा वास्तविक हुन्छ भन्ने हो । यसको एउटा कारण लगानी कोषहरुले आफ्नो खुद सम्पत्ति मूल्यको सूचनाको प्रवाह सामान्यतया साप्ताहिक वा मासिक वा त्रैमासिक रुपमा मात्रै गर्दछन भने एटिएफले आफ्नो खुद सम्पत्ति मुल्यको सूचनाको प्रवाह दिनहुँ रुपमा गर्ने गर्दछन । यस्तै इटिएफले आफ्नो पोर्टफोलियोमा रहेको धितोपत्रको विवरणको जानकारी हरेक दिन यसका लगानीकर्तालाई दिने  गर्दछ  ।  सामान्यतया  इटिएफको  पोर्टफोलियोमा  भएका  धितोपत्रहरु  विरलै  मात्र  परिवर्तन  हुन्छन  ।  इटिएफ  आधारित  इन्डेक्समा कुनै धितोपत्र परिवर्तन भएमा मात्रै इटिएफको पोर्टफोलियो धितोपत्र परिवर्तन हुने हुदाँ यो सामूहिक लगानी कोष भन्दा ज्यादा पारदर्शी हुन्छ । जुन इटिएफको अर्को फाइदाको रुपमा लिन सकिन्छ । लगानी कोष तथा इटिएफको सामान्यतया खर्चको रुपमा व्यवस्थापन खर्च, प्रशासनिक खर्च, सुरक्षण खर्च, वितरण खर्च, प्रचार प्रसारात्मक खर्च आदि रहने गर्दछन् । सामूहिक लगानी कोष सामान्यतया एक्टिभ फण्ड हुने र इटिएफ प्यासिभ फण्ड हुने भएकोले इटिएफको संचालन लागत कम पर्न जान्छ । सामान्यतया यो इण्डेक्समा आधारित रहने हुनाले धितोपत्र छनोटको लागि विज्ञ संचालकहरुको आवश्यकता पर्दैन, धितोपत्र छनौटको लागि अध्ययन अनुसन्धानमा रकम खर्चिनु नपर्ने हुनाले  संचालन लागत कम पर्न जान्छ, जसले गर्दा इटिएफको खुद सम्पत्ति मूल्य बढी हुन आउछ जसको प्रत्यक्ष फाइदा लगानीकर्तालाई हुन्छ । यद्यपि पछिल्लो समय विश्वमा सकृय रुपमा व्यवस्थापन गरिएको (एक्टिभली म्यानेज्ड) इटिएफहरु पनि संचालनमा आएका छन, जसको संचालन लागत निस्कृय इटिएफहरु भन्दा ज्यादा नै हुने गर्दछ ।
खुलामुखी सामूहिक लगानी कोषमा नो–लोड फण्ड (कुनै प्रकारको शुल्क नलाग्ने कोष) भएको अवस्थामा बाहेक, फ्रन्ट इण्ड लोड (खरिद गर्दा लाग्ने शुल्क) वा व्याक इण्ड लोड (बिक्री गर्दा लाग्ने शुल्क) वा एक्जिट लोड (निश्चित समय भन्दा अगाडि नै इकाइ बिक्री गरेमा लाग्ने शुल्क) का अलावा धितोपत्र दलाली सेवा शुल्क समेत लाग्ने गर्दछ । बन्दमुखी लगानी कोषमा र इटिएफमा भने धितोपत्र दलाली सेवा शुल्क मात्र लाग्दछ । यसर्थ नो–लोड फण्ड भएको अवश्थामा बाहेक इटिएफको भन्दा लगानीकोषको एक्पेन्स रेसियो (खर्चको अनुपात) ज्यादा नै आउने गर्दछ । लगानी कोषका इकाइहरु मार्जिनमा कारोबार गर्न र सर्ट सेल (सर्ट पोजिशन) गर्नको लागि बन्देज गरिएको हुन्छ तर सामान्य इक्विटी शेयर जसरी इटिएफका इकाइहरु मार्जिनमा कारोबार गर्न वा सर्ट पोजिशन लिनको लागि बन्देज गरिएको हुदैन त्यस्तै इटिएफका इकाइहरुमा क्याश मार्केट र फ्युचर्स बीच आर्बिट्रेजको संम्भावना रहन्छ तर सामूहिक लगानी कोषका इकाइहरुमा त्यस्तो संम्भावना रहदैन, यसकारण इटिएफका  लगानीकर्ताहरुलाई  लगानीको  रणनीति  तयार  पार्दा  लगानी  कोषका  लगानीकर्ताहरुलाई  भन्दा  ज्यादा  विकल्प  उपलब्ध हुन्छ । अर्को तर्फ कोष संचालकको पक्षबाट हेर्ने हो भने पनि इटिएफको पोर्टफोलियोमा शेयर, बन्ड, डिबेन्चर आदिको अलावा अप्सन कन्ट्र्याक पनि समावेश गर्न सकिन्छ जुन सुविधा सामूहिक लगानी कोषमा उपलब्ध हुदैन । यसका अलावा इटिएफलाई बजारको गतिका विरुद्द हेजिङ्ग गर्न पनि प्रयोग गर्न पनि सकिन्छ ।

ङ) दक्षिण एसियामा इटिएफ
भारतमा सन् २००१ मा निफ्टी इन्डेक्समा सूचीकृत ५० धितोपत्रलाई ट्र्याक गर्ने गरी निफ्टी बेन्चमार्क एक्सचेन्ज ट्रेडेड स्किम पहिलो इटिएफको रुपमा संचालनमा आएको थियो । त्यसपश्चातका केही बर्ष भारतमा इटिएफको सुस्त बृद्धि देखिएको थियो । सन २००७ मा भारतमा गोल्ड इटिएफ समेत जारी भएको थियो । सन २०१८ को अन्त्यसम्म आइपुग्दा भारतमा इटिएफ मार्फत ८.२८ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति व्यवस्थापन गरेको छ । पाकिस्तानको पूँजी बजार विकास रणनीति  २०१६  –  २०१८  मा  पाकिस्तानमा  २०१८  को  अन्त्यसम्ममा  इटिएफ  शुरुवात  गर्ने  उल्लेख  गरिएको  भएता  पनि  पकिस्तानमा २०१९को अन्त्य तिर मात्रै इटिएफ बिक्रीको व्यवस्था गरिएको छ, जुन स्टक एक्सचेन्जमा कारोबार हुन बाँकी नै रहेको छ । श्रीलंकामा पनि पछिल्लो समय इटिएफ संचालनको लागि विभिन्न पहल र तयारी भैरहे पनि हालसम्म संचालनमा आउन  सकेको  देखिदैन  ।  लगानीकर्ता  र  बजारको  मागलाई  संबोधन  गर्दै  भारत  बाहेकका  देशहरुमा  इटिएफ  संचालनको  लागि  ती  देशका  पूँजी  बजारका  नियमक  निकायले  आवश्यक  आन्तरिक  तयारी  गरिराखेको  देखियता  पनि  यो  क्षेत्रमा  सूचीकृत कम्पनीहरुको संस्थागत सुशासनको कमजोर अवस्था, सामूहिक लगानी कोषको महंगो खर्च दर (एक्पेन्स रेसियो), नियमन व्यवधान, चुस्त सुपरिवेक्षणका लागि कमजोर मानव संसाधन, लगानीकर्ताको कमजोर वित्तीय साक्षरताको अवस्था लगायतका व्यवधानले पूँजी बजारमा नयाँ उपकरण ल्याउन अबरोध श्रृजना गरेको आभाष हुन्छ । नेपालको सन्दर्भमा यहाँको धितोपत्र बजारमा यो एउटा नौलो उपकरण हो र यसको स्थापना र संचालनका कानूनी आधारहरुको अभाव छ । सामूहिक लगानी कोष सफलतापूर्वक संचालन गरिसकेको बजारको लागि इटिएफ स्थापना र संचालन गर्ने कानूनी आधारहरु तयार गर्न त्यति जटिल भने छैन । सिमित लगानीका उपकरणहरु मात्रै उपलब्ध भएको बजारमा इटिएफ लगानीकर्ताको लागि अर्को महत्वपूर्ण लगानीको उपकरणको रुपमा स्थापित हुन सक्दछ । इटिएफ संचालनका आधारहरु तयार पारी पूँजी बजारको बिकास र बिस्तारको गतिलाई अझ क्रियाशिल बनाउन सकिन्छ ।

No comments: