मेरो अन्त्य एक महाउत्सब, म मक्केको राजतन्त्र
एक आश आँखाबाट हराउदै छ,
बिस्तारै बिस्तारै.....|
सुस्तरी सुस्तरी......|
सायद आँखामा तिक्तताको कालो छाउँदै छ,
मन बेचैन भएको बेला,
मन अस्थिर भएको बेला,
सायद निराशाका बादलहरुले छोप्दैछ मलाई,
खै, किन हो थाहा छैन,
म आत्मा आलोचना गर्न सकिरहेको छैन,
सायद शब्दहरु मबाट टाढिसकेका छन्,
सायद तिनीहरु बिक्षिप्त अवस्थामा छन्,
म शब्द संयोजन गर्न सक्दिन,
मलाई शब्दहरुले पोलिरहेछ यतिबेला,
मलाई शब्दहरुले जलाईरहेछ आजभोली |
म देखिरहेछु अनि भोगिरहेछु,
हिजो जस्लाई म,
गोजीमा राखेर हिँड्थे,
मुठ्ठीमा कसेर बस्थेँ,
जसको मुल्याङ्कन होइन,
अबमुल्यन समेत मलाई थाहा थिएन,
आज तिनीहरुलाई देखिरहेछु म,
अनुभुत गरिरहेछु म,
मैले टेक्ने लैरी मक्किसकेको छ आज,
मेरो आँङको कमिज उद्रिसकेको छ आज,
मेरो उदासिनतासंगै,
मैले टेक्ने लौरी भाँचिन सक्छ,
मरो कमिज अस्थित्व विहिन बन्न सक्छ |
सायद, यो बिचमा,
हजारौं लाली गुराँस फुले होलान्,
अनि समयसंगै चुपचाप ओइलिएर झरे होलान्,
नदी किनारका माझीहरुले कयौं वटुकलाई,
उर्लँदो भेलमा पनि चुपचाप पारी पुर्याए होलान्,
आज त्यसरी नै,
म चुपचाप छु, मौन छु, निशब्द छु,
शब्दहरुले पोख्न थालेको छ अचेल,
जलाउन थालेको छ आजभोली मलाई,
म मृत्युको कामना गर्दै,
पिंढीमा टुक्रुक्क बसेको बेला,
पहाडहरु खित्का छाड्दै हाँस्छन्, मलाई हेरेर,
जिस्काउछन् मलाई आकाश र बादल ।
ओइलिन लागेका लाली गुराँस,
दाँज्छन् आफूलाई र मलाई,
समयको एक बक्र रेखामा,
हजारौं आशलाई तिलाञ्जली दिएर,
म मृत्युको कामना गर्दै,
मक्किएको लौरी हातमा लिएर,
पिंढीमा टुक्रुक्क बसेको बेला,
नदी किनारका माझीहरु,
डुङ्गा चलाउन छोडेर,
अत्यास लाग्दो बगरका ढुङ्गाहरु माथी,
एकजुट भई बसेका छन्,
उनीहरु हजारौंको जिन्दगी,
र मेरो एक जिन्दगी,
म जस्तै प्रकृतीका हजारौं मान्छेहरुको जिन्दगी,
र उनीहरु जस्तो एक मान्छेको जिन्दगी,
मुल्याङ्कन अनि अवमुल्यन कस्तो हुन्छ,
आज गर्दैछन् तिनीहरु,
अनि बुझदैछु म,
बिस्तारै बिस्तारै....।
सुस्तरी सुस्तरी.....।
जतिबेला एक आश आँखाबाट हराउदै छ,
निलो समुन्द्रमा फर्केर गएका छालहरुझैँ,
शून्यताबाट फेरि अर्को शून्यता तर्फ,
जहाँ, शब्दहरु छैन,
निराशा छैन अनि बेचैनी छैन,
छैन त्यहाँ हिजोको जस्तो चिच्याहट लाग्दो परिवेश,
अनि छैन मनको अस्थिरता,
आज आँखामा छाएको तिक्तताले जलाईरहेछ मलाई,
म जलिरहेछु, शून्यता तर्फ धकेलिरहेछु,
म आफ्नै अन्त्यलाई एक उत्सवझैँ मनाइरहेछु,
एक उत्सव,
महा उत्सव ।
http://nepalikavita.com/मा अप्रिल २००७ मा प्रकाशित
Ajaya Dhungana
एक आश आँखाबाट हराउदै छ,
बिस्तारै बिस्तारै.....|
सुस्तरी सुस्तरी......|
सायद आँखामा तिक्तताको कालो छाउँदै छ,
मन बेचैन भएको बेला,
मन अस्थिर भएको बेला,
सायद निराशाका बादलहरुले छोप्दैछ मलाई,
खै, किन हो थाहा छैन,
म आत्मा आलोचना गर्न सकिरहेको छैन,
सायद शब्दहरु मबाट टाढिसकेका छन्,
सायद तिनीहरु बिक्षिप्त अवस्थामा छन्,
म शब्द संयोजन गर्न सक्दिन,
मलाई शब्दहरुले पोलिरहेछ यतिबेला,
मलाई शब्दहरुले जलाईरहेछ आजभोली |
म देखिरहेछु अनि भोगिरहेछु,
हिजो जस्लाई म,
गोजीमा राखेर हिँड्थे,
मुठ्ठीमा कसेर बस्थेँ,
जसको मुल्याङ्कन होइन,
अबमुल्यन समेत मलाई थाहा थिएन,
आज तिनीहरुलाई देखिरहेछु म,
अनुभुत गरिरहेछु म,
मैले टेक्ने लैरी मक्किसकेको छ आज,
मेरो आँङको कमिज उद्रिसकेको छ आज,
मेरो उदासिनतासंगै,
मैले टेक्ने लौरी भाँचिन सक्छ,
मरो कमिज अस्थित्व विहिन बन्न सक्छ |
सायद, यो बिचमा,
हजारौं लाली गुराँस फुले होलान्,
अनि समयसंगै चुपचाप ओइलिएर झरे होलान्,
नदी किनारका माझीहरुले कयौं वटुकलाई,
उर्लँदो भेलमा पनि चुपचाप पारी पुर्याए होलान्,
आज त्यसरी नै,
म चुपचाप छु, मौन छु, निशब्द छु,
शब्दहरुले पोख्न थालेको छ अचेल,
जलाउन थालेको छ आजभोली मलाई,
म मृत्युको कामना गर्दै,
पिंढीमा टुक्रुक्क बसेको बेला,
पहाडहरु खित्का छाड्दै हाँस्छन्, मलाई हेरेर,
जिस्काउछन् मलाई आकाश र बादल ।
ओइलिन लागेका लाली गुराँस,
दाँज्छन् आफूलाई र मलाई,
समयको एक बक्र रेखामा,
हजारौं आशलाई तिलाञ्जली दिएर,
म मृत्युको कामना गर्दै,
मक्किएको लौरी हातमा लिएर,
पिंढीमा टुक्रुक्क बसेको बेला,
नदी किनारका माझीहरु,
डुङ्गा चलाउन छोडेर,
अत्यास लाग्दो बगरका ढुङ्गाहरु माथी,
एकजुट भई बसेका छन्,
उनीहरु हजारौंको जिन्दगी,
र मेरो एक जिन्दगी,
म जस्तै प्रकृतीका हजारौं मान्छेहरुको जिन्दगी,
र उनीहरु जस्तो एक मान्छेको जिन्दगी,
मुल्याङ्कन अनि अवमुल्यन कस्तो हुन्छ,
आज गर्दैछन् तिनीहरु,
अनि बुझदैछु म,
बिस्तारै बिस्तारै....।
सुस्तरी सुस्तरी.....।
जतिबेला एक आश आँखाबाट हराउदै छ,
निलो समुन्द्रमा फर्केर गएका छालहरुझैँ,
शून्यताबाट फेरि अर्को शून्यता तर्फ,
जहाँ, शब्दहरु छैन,
निराशा छैन अनि बेचैनी छैन,
छैन त्यहाँ हिजोको जस्तो चिच्याहट लाग्दो परिवेश,
अनि छैन मनको अस्थिरता,
आज आँखामा छाएको तिक्तताले जलाईरहेछ मलाई,
म जलिरहेछु, शून्यता तर्फ धकेलिरहेछु,
म आफ्नै अन्त्यलाई एक उत्सवझैँ मनाइरहेछु,
एक उत्सव,
महा उत्सव ।
http://nepalikavita.com/मा अप्रिल २००७ मा प्रकाशित
Ajaya Dhungana
2 comments:
lau lau ramro chha ...
shreeraj dherai dhanayabaad......
Post a Comment