Tuesday, December 21, 2010

गजल(१०२), अजय ढुंगाना

      गजल

सम्वन्ध त्यो आज मोडेर जानेलाई,
सम्झना छ भनिदिनु छोडेर जानेलाई,

यादमा तिमी हरपल मेरो मनभरि,
मनको विश्वास त्यो तोडेर जानेलाई,

तिम्रै मायामा डुवेथे म नउत्रने गरि,
जूनलाई छुन आँचल ओडेर जानेलाई,

दूर भए पनि विश्वास मनमा थियो,
अविश्वासको महल जोडेर जानेलाई,

कामना छ सफलताको टाढा म भएपनि,
ह्दय यो मेरो फोडेर जानेलाई,

अजय ढुंगाना
लण्डन

No comments: