Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, October 29, 2015

गजल (रञ्जना पौडेल)


तिमी विनाको जिन्दगी, बॉंच्नुको के सार भो
हॉंसो दवियो मेरो यहॉं, आँशुको बजार भो

बिर्सियौं ति क्षण सारा, वाधा पनि भुल्यौं
मेरो सुन्दर जिन्दगीको सपना नै पार भो

मिठो बोली बोल्थ्यौं तिमी थाहा पाइन कप्टी रैछौ
मेरो मन तोडी हिड्यौ तिम्रो जीवन बहार भो

अतितका घटानाले हृदयमा घाउ लाग्यो
तिम्रो माया यो मुटुमा तरवारको धार भो

तिमी फूलको मुना थियौं, म बागको माली थिए
फूल गोड्न नपाउदैमा बाग झारै झार भो।


रञ्जना पौडेल


Sunday, December 15, 2013

गजल (११८), अजय ढुंगाना

गजल (११८)

मेरा स्वप्निल रहरका आश तिमी नै हौ कि,
सोच्दैछु जिन्दगीको प्रकाश तिमी नै हौ कि,

निशब्धता भित्र पनि आशा हुन्छ रविको,
ज्योतिर्मय समयको विश्वास तिमी नै हौ कि,

समय फगत बितेको छ, टाडा छु यस्तै लाग्छ,
सामिप्यताको नौलो आभाष तिमी नै हौ कि,

हर क्षण तिमीलाई भेट्छु, मन भित्रको स्मृतिमा,
लाग्छ जता जाँउ सारा आकाश तिमी नै हौ कि

अजय ढुंगाना
२०६२ जेष्ठ 

Thursday, December 20, 2012

गजल (केशवराज आमोदी)


किन हो मुटुको घाऊ दुख्छ घाम डुबेपछि
उज्यालो मनको आशा लुक्छ घाम डुबेपछि ।

चाहिँदैन मलाई क्यै भोग ऐश्वर्यका कुरा
पिरती रसिलो पाए पुग्छ घाम डुबेपछि ।

दिलमा प्रीतिको बाढी जति उर्ली बगे पनि
मृदु मिलनको गङ्गा सुक्छ घाम डुबेपछि ।

शृङ्गार काव्यको गर्छ जो विरोध सधैँ उही
प्रणयी-रसमा प्रायः डुब्छ घाम डुबेपछि ।

भट्टीको मोहमा ली बाटाभरी बरालिँदै
मनको भँवरो पापी घुम्छ घाम डुबेपछि ।

नाच-गान गरी रम्ने खोज्दै प्रण्य मन्दिर
आमोदी मनको मौजी पुग्छ घाम डुबेपछि ।

केशवराज आमोदी
माधवपुर चितवन
छन्दः अनुष्टुप

Wednesday, October 17, 2012

गजल (राकेश कार्की)


गजल 

बादल झैँ उड्दाउड्दै किन फाटी गयौ
एकैछिन जुधाई चंगा किन काटी गयौ

पर्खी बसें उँही सधैं घडी हेरी हेरी
फर्किन्छु पक्कै भनि किन ढाँटी गयौ

छामी हेरेँ छाती मेरो अझै नै न्यानो
तडपाउने मुटु यस्तो किन साटी गयौ

Friday, August 17, 2012

मोति जयन्तिको अवसरमा एउटा गजल


गजल 

कस्तो अनौठो शुन्यता जीवनको,
बिराएछु बाटो कता जीवनको,

पर्खाई असजिलो, कमजोर मनमा,
सहदैछु कठोर व्यग्रता जीवनको,

मनको ज्वालाले पोल्दछ मुटु,
हुदैन किन शितलता जीवनको,

Monday, June 18, 2012

गजल (श्रीराज भण्डारी)

गजल


धेरै पछी भेट भयो फर्किएर हिन्यौ तिमी
नायासै आँखा जुध्यो तर्किएर हिन्यौ तिमी


केही शब्द तिम्रो नजिक गई मैले बोले पनि
बिष लाग्यो मेरो शब्द झर्किएर हिन्यौ तिमी


पराईको सिन्दुर अनि हातभरी चुरा थिए
छुन खोजे तिमीलाई मर्किएर हिन्यौ तिमी


के थियो सपना? किन भुल्याउ प्रश्न गरे
कलीयुग हो यो भन्दै गर्किएर हिन्यौ तिमी



श्रीराज भण्डारी
remake in 16/06/2012
image: entertainmentnepal.net

Tuesday, May 1, 2012

गजल (राजेश कार्की)


अभिनव.कमका लागि अमेरिकाको लस् एन्जलसबाट इआर. राजेश कार्कीज्यूले पठाउनु भएको गजल आजको ब्लगको सामाग्री, गजलका लागि राजेशज्यूलाई हार्दिक धन्यबाद 

गजल

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले

Wednesday, April 11, 2012

गजल ११७, अजय ढुंगाना

गजल ११७

यो गजल एक जना गुरुको फेसबुक स्ट्याटसको कमेन्टका लागि मैले झन्डै २० मिनेट समय खर्चेर लेखेको हूँ, यो गजललाई पाँच शेर पुराउने रहर आजसम्म अधुरै छ :((

१   
सपनामा तिमी, सम्झनामा तिमी,
बिर्षन नसक्ने कल्पनामा तिमी,

२    
नजरको जादु कस्तो चलायौ,
होश उडाउने तिर्षनामा तिमी,

३   
म बोल्नै नसक्ने लज्जाई कस्तो,
मलाई जिस्काउने चहानामा तिमी,

४ 
मनको कुरा सुनाउ कसरी?
नसुन्ने एउटा बहानामा तिमी


अजय ढुंगाना
१७ मार्च, २०१२ 
लण्डन

Thursday, January 5, 2012

गजल (११६), अजय ढुंगाना


गजल

शान्त एक महलको शितल बगैंचामा,
फलेकी तिमी हौ, एक फल बगैंचामा |

बाहिर दिवारमा म छु तिम्रै पर्खाईमा,
चिहाइरहेछु भित्र हर पल बगैंचामा |

सुनिदैन केही आवाज, डराउछु म,
किन छन् हर चिज अचल बगैंचामा |

Thursday, September 8, 2011

गजल ११५, अजय ढुंगाना


गजल


मलाई भेट्न आउदा मनभरि मायाको आभाष लिई आउनु,
हिजोसंगै विताएको त्यही स्वर्णिम ईतिहाँस लिई आउनु |

तिमी आउने बाटो भरि बिछ्याईरहन्छु म मेरा नयनहरु,
हत्केलामा सुनगाभा अनि शिरमा लाली गुराँस लिई आउनु |

विस्तारै पाइला चालौंला हामी गन्तव्य टाढा भए पनि,
तर गन्तव्यमा पुगी छोड्ने अटल विश्वास लिई आउनु |

Sunday, April 24, 2011

गजल ११४, अजय ढुंगाना


           गजल    

जति लुट्न पनि नडराउने हातहरुलाई सलाम,
कालो पर्दा सेतो देख्ने रातहरुलाई सलाम,
वास्तविकता जे भयौ हाम्रौ अस्थित्वले भयौ,
लुटमा पनि छुट दिने साथहरुलाई सलाम,
चारलोक आफ्नौ ठान्छै, शक्तिशाली आफै भन्छौं,
चौधैं भुवन आफ्नो ठान्ने बातहरुलाई सलाम,
सत्ता आफ्नै भन्छौ क्यार, जनता हातको कठपुतली
आफ्नै जनतालाई दिएका घातहरुलाई सलाम,
आफ्नैं देश नेपालमा मर्म नेपालीको के थाहा र खोइ,
भ्रष्टतन्त्रले ल्याएको सराबी मातहरुलाई सलाम,
प्रथम चाह भ्रष्टचार कति गर्छौं अझ पनि,
यत्रतत्र वरिपरि पैसाका खातहरुलाई सलाम |

अजय ढुंगाना

Sunday, March 20, 2011

गजल (११३); अजय ढुंगाना

गजल


चाँद टिपेर तिम्रो शिरमा लगाउन सकिन,
सबको सामु, तिमी मेरो भनेर जनाउन सकिन,

एकान्तमा टोलाउदै, पलपल सपनामा हराउदै,
कति गर्छु माया तिमीलाई बुझाउन सकिन,

मेरो स्मृतीमा त केबल तिमीमात्र हुन्छ्यौं सधै,
सायद म नै तिम्रो त्यो सपनीमा आउन सकिन,

म प्रेममा हराउदै थिए, गदै तिमीलाई माया,
निश्छल प्रेम तिमीसंग मैले लुकाउन सकिन,

तिमी मनमा छ्यौं, मुटुमा छ्यौं, आँखामा छ्यौं,
तर मैले तिमीलाई यो घरमा सजाउन सकिन ।

अजय ढुंगाना

२००६ जनवरी 
पिठुवा चितवन

Thursday, March 17, 2011

गजल (११२) अजय ढुंगाना

गजल


मेरो शिरमा आज आकाश छैन कहाँ गयो ?
आफैसंग मलाई विश्वास छैन कहाँ गयो ?

निल गगनका ताराहरु छैनन् हिजो जस्तै आज,
चमकताको तिनमा आभाष छैन कहाँ गयो ?

पाना पल्टाई सोच्ने गर्थे म विगतका कुराहरु
मसंग गैरवशाली इतिहास छैन कहाँ गयो ?

निष्पट्ट अन्ध्यारो छ मैले देख्ने चैघेरामा,
शुभ प्रभातमा सुनौलो प्रकाश छैन कहाँ गयो ?

अजय ढुंगाना

Monday, March 14, 2011

गजल (१११); अजय ढुंगाना


गजल

कस्तो अनौठो शुन्यता जीवनको,
बिराएछु बाटो कता जीवनको,

पर्खाई असजिलो, कमजोर मनमा,
सहदैछु कठोर व्यग्रता जीवनको,

मनको ज्वालाले पोल्दछ मुटु,
हुदैन किन शितलता जीवनको,

पलहरु खुशीका भाग्दैछन् दुर,
किन बढ्दैछ बिबशता जीवनको,

देख्दैछु घृणित रुप, तुच्छ कुरूप,
बाकी छ केवल नग्नता जीवनको |



अजय ढुंगाना
१३/०३/२०११
लण्डन

Wednesday, March 9, 2011

गजल (१) केशबराज आमोदी


गजल
झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन
छनछन चुरा छिनछिन बज्दा कायल मन भो झनझन ।
फनफन चंगा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो
मनमन शंका बादल लाग्दा वन जीवन भो झनझन ।
तनतन सोझै रुप पिऊँ झै ठान्दछ मनले नित्य
घनघन मादल मृदु घन्किन्छ पुलकित तन भो झनझन ।
फनफन भुमरी चक्र घुमेझैँ सारा जीवन घुम्दा
मनमन मन्दिरतिर भुल्दा पो पिरती धन भो झनझन ।
किनकिन मुटुको घाउ फुटे झैँ छाती बल्किन थाल्दा
जिन्दगी रुनु नै कर्म हो भन्ने मन-मनन भो झनझन ।

Sunday, February 27, 2011

गजल; गोबिन्द राज विनोदी

गजल


समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।

आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ ।

छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ ।

हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल
नत्र कुनै दुर्जनको हात लाग्न सक्छ ।

गोबिन्द राज विनोदी 

Tuesday, February 22, 2011

गजल (२); रन्जना ढुंगाना (पौडेल)

 गजल

एकै छाता मुनी बिताएको त्यो बर्षात कहाँ होला? 
लड्न खोज्दा समाउने तिमो हात कहाँ होला?

चादनीको शितलतामा मुटु साटासाट गर्थ्यौ,
तारा गन्दै बसेका ति रात कहाँ होला ?

मेरा मीठा सपनाहरु पुरा गर्ने बाचा तिम्रो,
हासी हासी गरेका ति सम्बाद कहाँ होला ?

मनमा सजाएको थिए, तिम्रो बेहुली बन्नलाई,
मेरो बेहुला तिमी अनि बारात कहाँ होला ?

हर बखत हामी दुइ कल्पनामा डुबी बस्थ्यौ,
तिम्रो नामको सिन्दुर अनि सौगात कहाँ होला ?


रन्जना ढुंगाना (पौडेल)

Monday, January 31, 2011

गजल (१०९); अजय ढुंगाना


गजल

ए प्यारी बढ्यो गजलको प्यार आज,
पानी झैँ तरल भो छैन आकार आज,

वेहोशी भए म तिमी अनि गजल भित्र,
वेहोशी ताल के हुनसक्छ बन्नु होशियार आज,

माधुर्य छ स्वरमा गाईदेउ गजल यौटा,
लजाएर गितार यो छिन्दैछ तार आज,

गजल, गजल बन्नेछ तिम्रो स्वरको जादुमा,
पाईन मैले दिन तिमीलाई अलंकार आज,

विजय यात्रा उल्लासमा लेखिएको गजल यो,
शुभकामना संगसंगै यही उपहार आज |

 अजय ढुंगाना

Friday, January 28, 2011

गजल; रन्जना ढुंगाना (पौडेल)


गजल

मझेरीमा उनैलाई कुरीराछु आज भोली,
भनिदिनु धेरै धेरै, सोच्ने भाछु आज भोली,

टेढीएको उनको मन फर्कन्छ कि भन्ने ठानी,
भनिदिनु उनकै लागि, मन्दिर धाछु आज भोली,

उनैसंग संगै जिउने मिठा सपना देखेकी थे,
भनिदिनु सपना अरु, जोडदै गाछु आज भोली,

उनकै नाममा दियो बाली, पर्खी बस्छु हर साझ,
भनिदिनु आशुमै दिप, बाल्दै आछु आज भोली,

समिप आए भने उनि, माफ माग्न हाजिर छु,
भनिदिनु ति गल्तीमा, पछुताछु आज भोली |



रन्जना ढुंगाना (पौडेल)
२०६४ बैशाख 

Thursday, January 20, 2011

गजल (१०८); अजय ढुंगाना

                             गजल
आखाका स्वप्न द्रस्टा मनभित्रै केरेर आएछौ तिमी,
नवीन उषामा आशाको किरण बेरेर आएछौ तिमी,

प्रेम प्राप्ती हिस्सा भन्दा, समर्पण र त्याग ठूलो,
प्राप्ती मात्र सोच्ने आत्मा फेरेर आएछौ तिमी,

सोच मात्र एक पटक द्धन्द चल्छ  विचारको,
फगत विचार परिधि भित्रै घेरेर आएछौ तिमी,

आगो दन्किदैछ स्वार्थताको, त्यही राफबाट उम्किएर,
अभिनव जीवन जिउने प्रयास हेरेर आएछौ तिमी, 

अजय ढुंगाना