गजल
झनझन बज्दछ प्रीतिको तार अझ बन्धन भो झनझन
छनछन चुरा छिनछिन बज्दा कायल मन भो झनझन ।
छनछन चुरा छिनछिन बज्दा कायल मन भो झनझन ।
फनफन चंगा क्षितिजमा हेर ! चुड्छ कि प्रेमको धागो
मनमन शंका बादल लाग्दा वन जीवन भो झनझन ।
मनमन शंका बादल लाग्दा वन जीवन भो झनझन ।
तनतन सोझै रुप पिऊँ झै ठान्दछ मनले नित्य
घनघन मादल मृदु घन्किन्छ पुलकित तन भो झनझन ।
घनघन मादल मृदु घन्किन्छ पुलकित तन भो झनझन ।
फनफन भुमरी चक्र घुमेझैँ सारा जीवन घुम्दा
मनमन मन्दिरतिर भुल्दा पो पिरती धन भो झनझन ।
मनमन मन्दिरतिर भुल्दा पो पिरती धन भो झनझन ।
किनकिन मुटुको घाउ फुटे झैँ छाती बल्किन थाल्दा
जिन्दगी रुनु नै कर्म हो भन्ने मन-मनन भो झनझन ।
जिन्दगी रुनु नै कर्म हो भन्ने मन-मनन भो झनझन ।
जनजन हल्ला फैलिनु साथै अभिनन्दन भो झनझन ।
दिनदिन बढ्छन् अश्रु-प्रवाह गङ्गाजीका धार बगे झैँ
झनझन चर्को आमोदीको रोदन-आन्दोलन भो झनझन ।
केशबराज आमोदी
रत्ननगर- १२ माधवपुर चितवन ।
मझेरी.कम बाट
No comments:
Post a Comment