Monday, March 5, 2012

समिक्षा; सर्ट मुभी मार्स एण्ड भेनसको

Review of Short Movie 'Mars & Venus'
समिक्षा; सर्ट मुभी मार्स एण्ड भेनसको

प्लस टु पढ्दाका मिलनसार एवं आत्मिय मित्र आशिक रेग्मीले निर्देशन गेरको तेश्रो सर्ट मुभी (छोटो चलचित्र) मार्स एण्ड भेनसका बारेमा यो समिक्षात्मक ब्लग लेख्न मन लाग्यो | मैले अघिल्लो पोष्टमा कतै लेखेको छु, म चलचित्र समिक्षक होइन र म त्यो हैसियत पनि राख्दिन तर एक सचेत दर्शक हूँ, त्यसैले दर्शकको आँखामा चलचित्र जस्तो देख्छु त्यस्तै लेख्छु | यसर्थ म यो पोष्टलाई एउटा दर्शकको तात्-तातो प्रतिक्रिया भन्न चहान्छु |

अस्ट्रेलियामा रहेर पछिल्लो समय निरन्तर सर्ट मुभी निर्माण र निर्देशनमा जुटिरहेका आशिक रेग्मीले निर्देशन गरेको नयाँ चलचित्र मार्स एण्ड भेनस आजै (मार्च ५)बाट यु-ट्युब मार्फत संसारभर रिलिज गरिएको छ | पछिल्लो समय सर्ट मुभी निर्माणमा होड बाजी जस्तै चलेको भए पनि यसलाई निरन्तरता दिने समुह वा व्यक्ति निक्कै कम भेटिन्छन | अल्टरनेटिभ आर्ट्स यस्तै निरन्तर लागिरहेको एउटा समुह हो | अल्टरनेटिभ आर्ट्स र आशिक रेग्मीका अघिल्ला प्रस्तुतिहरु मैले सबै नजिकबाट नियाल्दै आएको छु | मलाई यो पटक प्रस्तुतीकरण निक्कै उच्चकोटीको लाग्यो | मलाई यो पटक निक्कै मन परेको पाटो साउण्ड मिक्सिंग र साउण्ड क्वालिटी रह्यो | आफ्ना पुराना अनुभबबाट सिक्दै त्यसमा सुधार गर्ने निर्देशकिय कुशलता रेग्मीले यो पटक अझ प्रष्ट परेका छन् |

कलाकारहरुको अभिनय सहज छ, मलाई चाँही अमितको भन्दा रजनिको अभिनय धेरै सन्तुलित लाग्यो | स्पेशल एपिअरेशमा दिपाको भूमिका ठिक-ठाक छ | रेस्टुराको कस्टमरलाई वेटरले ''हे गाइज!'' भनेर सम्बोधन चै नगरेको भए हुन्थ्यो कि ?? समग्रमा कलाकारहरुको अंगेजी बोलि र शैली पनि स्वाभाविक छ | कस्टम र कोरियोग्राफी सन्तुलित छ, कतै पनि अस्वाभाविक लाग्दैन | लोकेसन सेलेक्सन पर्फेक्ट छ, यसमा निर्देशकले बाजी मरेका छन् भन्न मिल्छ | बाटोमा लडेर सुतेको दृश्यमा चलचित्रले दर्शकको सेन्टिमेन्ट समात्न सफल छ |  अघिल्लो चलचित्र जस्तो दर्शकलाई सोच्न बाध्य बनाउने कथा नभए पनि कथा एकदमै सहज र सजिलोसंग बगेको छ | अमित अर्याल कथामा जमेका छन् यद्दपी 'बर्थ-डे'को पटकथामा या त पटकथा प्रष्ट नभएको या त अभिनय कथा अनुरुप नभएको जस्तो महसुस भयो | चलचित्रको अन्त्यमा कथाको सान्दर्भिकतालाई उत्कृष्ट ढंगले प्रस्तुत गरिएको छ | अंगेजी सम्बादले चलचित्रको 'स्कोप' अझ धेरै बढाएको छ|

सर्ट मुभीमा निर्देशकले दर्शकको बौद्दिकताको पनि परिक्षा लिएको हुन्छ | छोटो समयमा धेरै कुरा देखाउन असम्भब हुने भएकाले केही कुरा 'स्किप' गरि दर्शकको 'इन्टेलिजेन्स'का लागि छोडिएको हुन्छन | र पनि यो चलचित्र हेरिरहदा दर्शकले सोच्न पर्ने कुरा धेरै कम छन्  तर चलचित्र हेरिसके पछि दर्शकले सोच्नु पर्ने कुरा धेरै निस्किन्छन | सर्ट मुभी एकदमै स्पेशिफिक हुनु पर्ने कुरामा निर्देशक प्रष्ट देखिन्छन | पछिल्लो समय निक्कै धेरै प्रोफेशनल र एमेच्युर सर्ट मुभीहरु हेरेको छु | मार्स एण्ड भेनसलाई म सेमी प्रो को दर्जामा राख्न चाहन्छु | यद्दापी निर्देशक यो क्षेत्रमा नयाँ नयाँ नै हुन | समग्र रेटिंग गर्नु पर्दा ५ मा ४ मज्जाले दिन सकिने ठाउँ छ | जे होस्, मार्स एण्ड भेनसले छोटा चलचित्र प्रेमी दर्शकको मन अबश्य जित्नेछ | अल्टरनेटिभ आर्ट्सको पुरै टिम र आत्मिय मित्र आशिकलाई बधाई र शुभकामना ||

मार्स एण्ड भेनस यु-ट्युबमा हेर्नुहोस



Reviewed by: Ajaya Dhungana
Photo Source: www.facebook.com/aashiq21

3 comments:

Saroj said...

Nice movie, good comment, well written

Guest said...

Can you post an interview with the director regarding his future plan?

Ajaya Dhungana said...

There is nothing right now to post, thank you for your interest.