Tuesday, July 5, 2011

जादु (कबिता); सरुभक्त


जादु

देश परिवेश: पुरातनपन्थी थकाइमा
मस्त निदाइरहेको बेला
एकथरी देशहरु
कालापहाड तर्फ लागेका छन्
मुटू कलेजो हराएर
बूढा सुब्बाका जोखनाहरु मूच्छित छन्
सर्वत्र विद्रोही र छापामारका कुरा
भूकम्पीय क्षतिका भविष्यवाणीसहित
आह ! पालतिर हामीले थुप्रै
ट्रमा सेन्टर खोलेका छौं

भगवानहरु सेल्टरमा छन्– छैनन्
तर हामी गरिवहरु
भगवानका मामलामा साह्रै धनी छौं
कम्ब्याट ड्रेस
एम – १६
नाइटभिजन
स्काई ट्रक ...
नाइजेरियाली मिसदङ्गाहरु वीच
हामीले पनि वोधिका केही
नयाँ शब्दावली पाएका छौं
बज्रस्वाँठ अख्तियारहरु
हिरासतमा गाँजाखेती गर्छन्
अनि क्यूपर वेल्टतिर कतै
वरफका ढुङ्गाहरु पल्टाउँदै
पिङ्गपङ्ग भाइरस खेल्छन्आफन्तहरुबाट कति वेचिए
पराइका चेलीवेटीहरु ?
क्यूरियोका सम्बन्धहरु रुन्छन्
खोई कहाँ हराए जामुना गुभाजुहरु ?
आजभोलि कार्टुनीकृत विषादका सिमसारहरुमा
जादुका धुम पो मच्चिएका छन ।

सरुभक्त

1 comment:

Ananddhakal said...

i found this poem describe Nepalese whole political situation in a single page.