Thursday, January 5, 2012

गजल (११६), अजय ढुंगाना


गजल

शान्त एक महलको शितल बगैंचामा,
फलेकी तिमी हौ, एक फल बगैंचामा |

बाहिर दिवारमा म छु तिम्रै पर्खाईमा,
चिहाइरहेछु भित्र हर पल बगैंचामा |

सुनिदैन केही आवाज, डराउछु म,
किन छन् हर चिज अचल बगैंचामा |

बढ्दै जान्छ रात तिम्रो रुपलाई छोप्दै,
तैपनि तिमी छौ एक अटल बगैंचामा |

टुट्दैन पर्खाई मेरो आज म गए पनि,
आएगें हम फिर कल बगैंचामा |



अजय ढुंगाना 
लण्डन

2 comments:

suman koirala said...

अजय अाप्नेा प्रतिभा अनि कलामा पेाख्तबाट सृजित गजल सारै सुन्दर छ ।
I like it n keep it up.

Ajaya Dhungana said...

Thank u very much Suman