Wednesday, December 28, 2011

टि-ट्वान्टी विश्वकप क्रिकेट २०१२ र नेपालको सम्भावना


[Nepal's possibilities in T-20 World Cup 2012]
टि-ट्वान्टी विश्वकप क्रिकेट २०१२ र नेपालको सम्भावना

सेप्टेम्वर १८, २०१२बाट श्रीलंकामा शुरु हुने टि-२० विश्वकप क्रिकेटको चौथो संस्करणमा एसोसिएट राष्ट्रहरु मध्यका दुइ राष्ट्रले सहभागी हुन पाउनेछन | त्यसका लागि १६ राष्ट्र सम्मिलित छनोट चरणमा बिजेता या उपबिजेता हुनुपर्नेछ | जुन प्रतियोगिता मार्च महिनाको १३ तारिखबाट यु.ए.यी.मा शुरु हुदैछ | गत महिना काठमाडौँमा सम्पन्न एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटमा सेमिफाइनलमा पुगेर नेपाल एसोसिएट राष्ट्रहरुको छनोट प्रतियोगिताका लागि छनोट भएको हो | एसोसिएट राष्ट्रहरुको छनोट प्रतियोगिताको आयोजक यु.ए.यी. भने प्रतियोगिताका लागि भने छनोट हुन सकेन | अब चर्चा गरौ नेपालको विश्वकप यात्राको सम्भावनाका बारेमा; एसोसियट राष्ट्रहरुमा नेपाललाई बलियो टोलिका रुपमा हेरिदैन | नेपालको कम्जोर ब्याटिंगका बारेमा सारा विश्वलाई थाहा छ | तर नेपाली बलिंग भने चुस्त मानिन्छ | एउटा खेल चुस्त बलिंगका कारणले जित्न सकिएला, तर पुरै प्रतियोगिता वा सिरिज चुस्त बलिंगका कारणले जित्छु भन्नु मुर्खता हुनजान्छ | नेपालको कम्जोर ब्याटिंग हालै सम्पन्न एसीसी ट्वान्टी ट्वान्टीमा अफगानस्तान र ओमानसंगको पराजयबाट मुल्यांकन गर्न सकिन्छ | वा त अघिल्लो बर्ष तन्जिनियासंग एकदिवसीय खेलमा ११७ रन पछ्याउने क्रममा ब्यहोरेको ९ रनको हार र डिभिजन ४ मै अडकनु परेको यथार्थ हेर्न सकिन्छ | उमेर समुहको क्रिकेटमा केहि राम्रै उपलब्धि हासिल भए पनि राष्ट्रिय टोलिको प्रदर्शन भने निराशा जनक नै छ, आजका दिनसम्म | हाम्रो देशको क्रिकेटको स्तर कहाँ छ, हाम्रो देशको प्रतिनिधित्व गर्ने टोलीबाट कतिसम्मको आशा गर्न मिल्छ भन्ने कुरा बुझ्न सकिन्छ | छनोट प्रतियोगिताबाट छनोट भएर नेपाली टोली विश्वकपसम्म पुगे त्यो नै नेपाली राष्ट्रिय टोलीको अहिलेसम्मको सबैभन्दा ठुलो सफलता हुनेछ |

समुह 'ए'मा रहेका राष्ट्रहरु 
अफगानस्थान
नेदरल्याण्ड
नेपाल
क्यानाडा
पपुवा न्यु गिनी
हंगकंग
बर्मुडा
डेनमार्क

समुह 'बि'मा रहेका राष्ट्रहरु
आएरल्याण्ड
स्कटल्याण्ड
केन्या
नामिबिया 
युगान्डा 
अमेरिका 
ओमान 
इटाली

विश्वकप यात्राको सबैभन्दा सजिलो बाटो
श्रीलंकामा विश्वकप यात्राको सबैभन्दा सजिलो बाटो हो, आफु सम्मिलित समुहको लिग खेलबाट पहिलो स्थानमा रहनु र अर्को समुहको पहिलो स्थानमा रहेको टोलीलाई हराउनु | यो विश्वकपमा पुग्ने सबैभन्दा सिधा बाटो हो तर यो नै सबैभन्दा कठिन बाटो पनि हो |

Winner of Group A vs Winner of Group B....................................................... (match M1)
(The winner will be qualified to world cup and joins the group of Australia and West Indies)


विश्वकप क्रिकेट खेल्नका लागि सहभागी हुने दोश्रो असजिलो बाटो 
2nd of Group A vs 3rd of Group B............................................................................ (match M2)
3rd A vs 2nd B...........................................................................................................  (match M3)
Winner of M2 vs Winner of M3................................................................................ (match M4)
Winner of M4 vs Loser of M1................................................................................... (match M5)

(The winner of M5 will qualify for World Cup T-20, and joins the group of England and India)

नेपालको समुहमा क्यानाडा, नेदरल्याण्ड, अफगानस्थान जस्ता बलिया टोलीहरु परे पनि नेपाल जुनसुकै एसोसिएट  राष्ट्रहरुलाई हराउन सक्ने सामर्थ्य राख्दछ | नेपालले आफ्नो ब्याटिंगमा सुधार गरेर, परम्परागत बलिंगको छबीलाई कायम नै राख्न सक्यो भने, प्रतियोगिताको सबै खेल जित्नु वा समुहको कम्तिमा दोश्रो वा तेश्रो स्थानमा रहेर अन्तिम दुइसम्मको स्थान भेटाउने कोशिश गर्नु पर्नेछ |



नेपालको खेल 
मार्च १३, हंगकंग बिरुद्ध नेपाल
मार्च १४, डेनमार्क बिरुद्ध नेपाल
मार्च १५, पपुवा न्यु गिनी बिरुद्ध नेपाल
मार्च १६, अफगानस्थान बिरुद्ध नेपाल
मार्च १८, बर्मुडा बिरुद्ध नेपाल
मार्च १९, नेदरल्याण्ड बिरुद्ध नेपाल
मार्च २०, क्यानाडा बिरुद्ध नेपाल




No comments: