Tuesday, December 27, 2011

एउटा निरास लडाकुको कथा

एउटा निरास लडाकुको कथा
A Story of Disillusioned Solder.


अल जजिरा टि.भी.ले केही दिन अगाडि प्रशारण गरेको वृत्तचित्र दि डिस्इल्युजन्ड सोल्जर (निरास लडाकु)ले चन्द्रभक्तको कथा वर्णन गर्छ। नेपाली वृत्तचित्रकार सुविना श्रेष्ठले चन्द्रभक्तलाई लामो समयसम्म क्यामराले  पछ्याउदै यो वृत्तचित्र तयार परेकी हुन् |
दिदीको हत्या पश्चात माओबादीका पूर्णकालिन सदस्य भएका संगम अर्थात् चन्द्रभक्त युद्धबिराम भए पछि शिबिरमा रहदा माओबादी लडाकु रुपासंग बिबाह गरेका हुन् | शिबिरबाट अयोग्य लडाकु भएर बाहिरिनु पर्दा उनि खुशी थिएनन् | त्यति नै बेला उनिकी श्रीमती दुई जिउकी हुन्छिन | कृष्ण गोरखाको ग्रामिण भेगमा रहेको आफ्नो घरमा पुग्छन, बर्षौ पछि आफ्नो आमा बुवालाई भेटछन् | संयुक्त राष्ट्रसंघको सहयोगमा मोबाइल बनाउने तालिम लिएका चन्द्र आफ्नै पसल खोल्ने योजना बनाउँछन् | केही पछि चन्द्र र रुपाको छोरी जन्मिन्छे | उनीहरु दुवै जना अब सैनिक नहुने र छोरीलाई पढाउनु पर्ने कुरा सोच्छन | रुपा आफुले पढाई छोडेर माओबादीमा जादा आफ्नो बच्चै बुद्धी भएको र आफुलाई ठिक र गलत के हो थाहा नभएको सम्झिन्छिन | पार्टीले बाई.सी.एल.को जिम्मेवारी थमाएको हुन्छ चन्द्रभक्तलाई र त्यसैको लागि उनि काठमाडौँ आउछन | बाई.सी.एल.मा रहदा दिन भरि त्यतिकै खाली बस्नु पर्दा आफ्नो जिन्दगी त्यतिकै बर्बाद हुदै गएको महसुस गर्छन उनि | परिवार पाल्नु पर्ने बाध्यतालाई पनि उनि सम्झन्छन् | आफ्नो पार्टीले चुनाब जितेर सरकारमा पनि गैसकेको थियो, तर पार्टीको कार्य-शैली प्रति बिस्तारै उनलाई बितृष्णा बढ्दै जान्छ | पार्टीले बाटो बिराएको भान हुन्छ उनलाई | उनि सामेल भएको कृष्णभीरको लडाई सम्झदै भन्छन "हामीलाई त पूरै विश्वास थियो, हामी नयाँ नेपालको लागि लडेको भनेर तर आफ्नै पार्टीले हामीलाई त्याग्यो |"

उमेर नपुगेका कारण माओबादी शिबिरबाट बाहिरिने झन्डै तिन हजार लडाकु मध्यका चन्द्रभक्त एक प्रतिनिधि पात्र हुन् | युद्ध, लडाकु जीवन, शिबिर, पार्टी, बाई.सी.एल., भन्दा बाहिर उनको कतै ब्यतिगत जीवन पनि छ | बाबु, आमा छन् | पत्नी छिन र छोरी पनि | नातागोता, इस्टमित्र, छर-छिमेक, साथी-भाई र अरु कयौ | एकै शब्दमा भन्दा उनको पनि ब्यतिगत जीवन छ | मिठो बासुरी बजाउन जान्ने र सधै हाँसीरहने चन्द्रभक्त आफ्नो ब्यतिगत जीवन सम्झदै भन्छन “देश बनाउनु त कहाँ हो कहाँ, आफ्नै परिवार त बनाउन सकेको छैन |"
बस्तबमा एउटा निरास लडाकुको मानबिय सम्बेदनाको चित्रण वृत्तचित्रमा निक्कै सुन्दर ढंगले गरिएको छ |


अल जजिरा टेलिभिजनबाट प्रशारण भएको वृत्तचित्र

No comments: