अल्विदा, नारायणीका राँके भूतहरु
देशमा गणतन्त्र घोषणा हुनुभन्दा पहिले (२०६४ बैशाख) मा लेखिएको मेरो एउटा कविता आजको ब्लगको सामग्री
भो, भयो अति भयो,
अब चाँहिदैन मलाई,
नारायणीका राँके भूतहरुको,
क्रिसमस र नववर्षका,
शान्ति र दिर्घायुको कामना ।
साँच्चै अब चाँहिदैन मलाई,
कतिथ तेरो छत्रछायामा,
अल्झिएको, मक्किएको,
धर्मराएको, लड्बडाएको,
तेरो ओठे हाँसोमा नसुहाएको,
स्वतन्त्रताको भयावह नारा ।
ए! नारायणीका राँके भूतहरु,
त्यो मसानघाट भन्दा माथी उठेर हेर्,
एक टुक्रा संसार भन्दा पर,
नजर डुलाएर हेर्,
देख्नेछस् तैले,
त्यो मसानघाट भन्दा पर,
देवकोटा देखी भानुभक्तसम्म,
जो लेखिरहेछन् स्वतन्त्रताका कविता ।
ए! नारायणीका राँके भूतहरु,
आखा खोलेर हेर् एकपटक,
तेरो परिवेश मात्र संसार होइन,
तेरो आगनी मात्रै धर्ती होइन,
हेर्, एकपटक राम्रोसंग हेर्,
गोपाल योञ्जन र रत्नदास प्रकाशलाई,
जो स्वाधिनताका गीतहरुले,
यो धर्ती गुन्जाइरहेछन् ।
ए! नारायणीका राँके भूतहरु,
हेर्, एकपटक उठेर हेर्,
आफू सुतेको बिछ्यौनाबाट उठेर हेर्,
आज धर्ती जग्मगाइरहेछ,
हेर्, शुक्रराज र धर्मभक्तलाई,
हेर्, एकपटक फेरि,
गंगालाल र दशरथ चन्दलाई,
हजारौं जनताको नेतृत्व गर्दै,
बोलिरहेछन्, इन्कलाब जिन्दावाद ।
ए! नारायणीका राँके भूतहरु,
थाहा छैन होला तँलाई,
तँ अब अस्थित्व बिहिन भै सकिस्,
नारायणीको पानीमा,
जतिसुकै चोवलिए पनि,
देवघाटको भजनपिठमा,
जतिसुकै भजन गाएपनि,
तँ अब अपवित्र भै सकिस्,
साँच्चै भन्ने हो भने,
तँ अब नेपालको माटोमा,
केबल दुर्गन्धित लाश भै सकिस् ।
ए! नारायणीका राँके भूतहरु,
नववर्ष र क्रिसमसमा,
शान्ति र दिर्घायुको तेरो सन्देशले,
शंशङ्कित बनाउछ मलाई,
तँ भूत,
मरेर फेरि अर्को भूत बन्दैछस् कि?
त्यसैले अब तेरो लाशलाई,
गणतन्त्रको आगोले,
जलाउने बेला भै सकेकोछ,
तेरो अस्तुलाई,
नारायणीमा सेलाउने बेला भै सकेकोछ,
ए! नारायणीका राँके भूतहरु,
अब तँलाई,
अल्विदा भन्ने बेला भै सकेकोछ,
अल्विदा, नारायणीका राँके भूतहरु,
अल्विदा ।
अजय ढुङ्गाना
पिठूवा ३, चितवन
२०६४ वैशाख
फोटो: संजाल.कम
देशमा गणतन्त्र घोषणा हुनुभन्दा पहिले (२०६४ बैशाख) मा लेखिएको मेरो एउटा कविता आजको ब्लगको सामग्री
भो, भयो अति भयो,
अब चाँहिदैन मलाई,
नारायणीका राँके भूतहरुको,
क्रिसमस र नववर्षका,
शान्ति र दिर्घायुको कामना ।
साँच्चै अब चाँहिदैन मलाई,
कतिथ तेरो छत्रछायामा,
अल्झिएको, मक्किएको,
धर्मराएको, लड्बडाएको,
तेरो ओठे हाँसोमा नसुहाएको,
स्वतन्त्रताको भयावह नारा ।
ए! नारायणीका राँके भूतहरु,
त्यो मसानघाट भन्दा माथी उठेर हेर्,
एक टुक्रा संसार भन्दा पर,
नजर डुलाएर हेर्,
देख्नेछस् तैले,
त्यो मसानघाट भन्दा पर,
देवकोटा देखी भानुभक्तसम्म,
जो लेखिरहेछन् स्वतन्त्रताका कविता ।
ए! नारायणीका राँके भूतहरु,
आखा खोलेर हेर् एकपटक,
तेरो परिवेश मात्र संसार होइन,
तेरो आगनी मात्रै धर्ती होइन,
हेर्, एकपटक राम्रोसंग हेर्,
गोपाल योञ्जन र रत्नदास प्रकाशलाई,
जो स्वाधिनताका गीतहरुले,
यो धर्ती गुन्जाइरहेछन् ।
ए! नारायणीका राँके भूतहरु,
हेर्, एकपटक उठेर हेर्,
आफू सुतेको बिछ्यौनाबाट उठेर हेर्,
आज धर्ती जग्मगाइरहेछ,
हेर्, शुक्रराज र धर्मभक्तलाई,
हेर्, एकपटक फेरि,
गंगालाल र दशरथ चन्दलाई,
हजारौं जनताको नेतृत्व गर्दै,
बोलिरहेछन्, इन्कलाब जिन्दावाद ।
ए! नारायणीका राँके भूतहरु,
थाहा छैन होला तँलाई,
तँ अब अस्थित्व बिहिन भै सकिस्,
नारायणीको पानीमा,
जतिसुकै चोवलिए पनि,
देवघाटको भजनपिठमा,
जतिसुकै भजन गाएपनि,
तँ अब अपवित्र भै सकिस्,
साँच्चै भन्ने हो भने,
तँ अब नेपालको माटोमा,
केबल दुर्गन्धित लाश भै सकिस् ।
ए! नारायणीका राँके भूतहरु,
नववर्ष र क्रिसमसमा,
शान्ति र दिर्घायुको तेरो सन्देशले,
शंशङ्कित बनाउछ मलाई,
तँ भूत,
मरेर फेरि अर्को भूत बन्दैछस् कि?
त्यसैले अब तेरो लाशलाई,
गणतन्त्रको आगोले,
जलाउने बेला भै सकेकोछ,
तेरो अस्तुलाई,
नारायणीमा सेलाउने बेला भै सकेकोछ,
ए! नारायणीका राँके भूतहरु,
अब तँलाई,
अल्विदा भन्ने बेला भै सकेकोछ,
अल्विदा, नारायणीका राँके भूतहरु,
अल्विदा ।
अजय ढुङ्गाना
पिठूवा ३, चितवन
२०६४ वैशाख
फोटो: संजाल.कम
No comments:
Post a Comment