Thursday, March 15, 2012

टि ट्वान्टी विश्वकपको बाटो/ Road map of T20 World Cup

Road map of T20 World Cup
टि ट्वान्टी विश्वकपको बाटो

अर्को बर्ष श्रीलंकामा हुने टि ट्वान्टी विश्वकप क्रिकेटको नेपालले अहिले छनोट खेल खेलिरहेको छ | टेस्ट मान्यता प्राप्त राष्ट्रहरु भन्दा बाहेकका  एसोसिएट र एफिलीएट सदस्य राष्ट्रहरुबाट दुइ राष्ट्र छनोट हुनेछन, यसर्थमा फाइनलमा दुइ राष्ट्र स्वतः विश्वकपमा छनोट हुनेछन | तर यो प्रतियोगितामा फाइनलमा पुग्नु सोचे जस्तो सजिलो छैन, प्रतियोगिताले ग्रुपकै लिगलाई बढी फोकस गरेको छ | यसो गर्नुका कारण सबैभन्दा राम्रो टोलि विश्वकपका लागि छनोट होस् भन्नु हो | यो प्रतियोगिताको छनोट तरिकाका बारेमा धेरै स्पष्ट नभएका कारण आज यो सामग्री तयार पार्दैछु | नेपालको सम्भाव्यताका बारेमा मैले अघिल्लो एउटा पोष्ट पनि तयार परेको थिए | उक्त पोष्ट हेर्नका लागि यहाँ क्लिक गर्नु सक्नुहुन्छ | यो पोष्टमा तल राखिएको चित्रमा कुनै टोली कसरी श्रीलंकासम्मको यात्रा तय गर्न सक्छ भन्ने देखाइएको छ | चित्र त्यति सारो राम्रो छैन, (किनकी म यस्ता काममा दक्ष पनि छैन) तैपनि बुझ्न सजिलो होस् भनेर प्रयाप्त कोशिस गरेको छु | ठुलो बनाएर हेर्न तस्विरमै क्लिक गर्नु होला | प्रतिक्रियाका लागि तल कमेन्ट बक्स खाली छ :)


यसबाहेक प्रतियोगिताको ग्रुप लिगमा चौथो देखि आठौ हुने टोलीले अर्को ग्रुपको चौथो देखि आठौ हुने टोली पनि खेलहरु हुनेछ | पुरै तालिका हेर्न यहाँ क्लिक गर्नु होला |

अजय ढुंगाना

No comments: