Tuesday, July 9, 2013

कसैसंग कुनै गुनासो छैन

कसैसंग कुनै गुनासो छैन

एक पल,
फेरी एक पल,
सुन्केश्राका पात केलाउदै,
इन्द्रावतीको बगर बगरै,
खाली खुट्टा,
मधेश झरेर,
फेरी फर्कनु छ,
उही डाँडामा,
उही पाखामा,
एक हल खुशीका पोकाहरु बोकेर,
आँखामा उत्साहको हिमाल सजाएर,
यथार्थमा,
एक पल जिन्दगी जिउनु छ,
एक पल सोझो जिन्दगी जिउनु छ |


गाडीको भाडा,
भाडाको जिन्दगी,
कतै कोच्चिएर,
कतै ठगिएर,
कतै लुटिएर,
कतै कुटिएर,
रोदी घर र
डाँडाको चौतारी बिर्सिएर,
लेकको गोठ र,
गोठको गाई बिर्सिएर,
उ हिनिरहेछ,
आँखामा उत्साहको पहाड सजाएर,
बरु कसैसंग उसको,
कुनै गुनासो छैन,
बस एक खाल जिन्दगी,
जिउनु छ उसलाई,
एक खाल सोझो जिन्दगी,
जिउनु छ उसलाई |

अजय ढुंगाना
लण्डन
तस्बिर क्रेडिट: अर्जुन
http://lalitkalacreations.blogspot.co.uk/2010_07_01_archive.html

No comments: