Saturday, August 24, 2013

टेन क्वेशन विथ लेनिन बन्जाडे



लेंदाईको नामबाट टुइटरमा परिचित लेनिन बन्जाडे पेशाले पत्रकार हुन् | http://lendaai.wordpress.com/ ब्लगमा उनको रचना तथा लेखहरु पढ्न सकिन्छ | उनीसंग गरिएको दश प्रश्नहरु आजको टेन क्वेशन सिरिजमा हामीले प्रस्तुत गरेका छौ |

Q1: हिजोआज कुन पुस्तक पढ्दै हुनुहुन्छ वा पछिल्लो समय कुन पुस्तक पढेर सक्नुभयो ?
खालिद होसेनीको And the Mountains Echoed खोलेको हो, पढ्न सुरु गरेको छैन ;)

Q2: पढ्नका लागि किताबहरु के का आधारमा छान्नुहुन्छ ?
साथीभाइको सिफारिस र पत्रपत्रिकाको समीक्षा

Q3: एउटा किताब छान्नुपरे कुन छान्नुहुन्छ ?
फिक्सन

Q4: पढ्नका लागि सबैभन्दा उत्तम समय र स्थान ?
आफ्नै कोठा । राति ।

Q5: दोहोराएर पढ्नु भएको पुस्तक ?
वसन्ती

Q6: पढ्दा पढ्दै बिचैमा छोडनुभएको किताब ?
शताब्दीको अन्तिम प्रेमकथा

Q7: आवश्यकता भन्दा बढी चर्चा पाएको किताब ?
घनचक्कर

Q8: मनपर्ने लेखक र सबैभन्दा बढी इम्प्रेसिभ क्यारेक्टर ?
नवीन विभास, शंकर लामिछाने, बुद्धिसागर, ब्रजेश, खलिल जिब्रान आदि । पात्र 'Th Old Man and the Sea' को बुढो Santiago :))

Q9: तपाईको रिकमेन्डेशनका छुटाउनै नहुने ५ किताब ?
1 कर्नाली ब्लुज
2 जूनकीरीको संगीत
3 रात पनि ऐठन परेको रातमा (नवीन विभास)
4 फस्ट लभ
5 The Kite Runner | A Thousand Splendid Suns (Both by Khaled Hosseini)

Q10: अन्तिम प्रश्न, किन पढ्नुहुन्छ ? 
मन लाग्छ ;)


उहाँलाई @lendaai मा टुइटरमा फलो गर्न सकिन्छ | 

1 comment:

NKM said...

Thanks for sharing. Please keep bringing the book readers. It will be a valuable read for us.