Wednesday, April 11, 2012

गजल ११७, अजय ढुंगाना

गजल ११७

यो गजल एक जना गुरुको फेसबुक स्ट्याटसको कमेन्टका लागि मैले झन्डै २० मिनेट समय खर्चेर लेखेको हूँ, यो गजललाई पाँच शेर पुराउने रहर आजसम्म अधुरै छ :((

१   
सपनामा तिमी, सम्झनामा तिमी,
बिर्षन नसक्ने कल्पनामा तिमी,

२    
नजरको जादु कस्तो चलायौ,
होश उडाउने तिर्षनामा तिमी,

३   
म बोल्नै नसक्ने लज्जाई कस्तो,
मलाई जिस्काउने चहानामा तिमी,

४ 
मनको कुरा सुनाउ कसरी?
नसुन्ने एउटा बहानामा तिमी


अजय ढुंगाना
१७ मार्च, २०१२ 
लण्डन