अनविज्ञता
थाहा छैन,
थाहा छैन,
रातहरु कुन मोडले आउछन अचेल,
अनि, कुन दिशामा फर्कन्छन |
एक पल, मेरो आँखाको समिपमा,
बेसंस्कारी यी जीवनका रुपहरुलाई,
सायद झक्झक्याउन,
नभए गिज्याउन,
अनि जिस्काउन,
किन आउछन ?
मेरो निम्ति,
रातको चिसो संगै घट्दै गरेको तापक्रम,
कुनै कठोर संजाय भन्दा कम छैन,
वीरबलको खिचडी जस्तै,
पारी डाँडामा बलेको बिजुली बत्ति,
मेरो आस्थाको केन्द्रबिन्दु बनेकोछ,
जिन्दगी मक्किएको देखेर,
भत्किएको देखेर,
अनि पटक पटक कुच्चिएको देखेर,
त्यो आस्थाको केन्द्रबिन्दु पनि,
पटक पटकको लोडसेडिंगले,
भएभित भै सकेको छ,
अरुण चौथो पाँचौ र छैटौको आशमा,
रात काट्नलाई मैनबत्ती बालेको,
थाहा छैन कति भयो,
तर पनि हरेक दिन,
मलाई रातले पिछा गर्न छाडेको छैन,
लाग्छ, हरेक रातले सोच्छ होला,
मेरो बेसंस्कारी जीवनका रंगहरुलाई,
एक पटक गिज्याउनु नै पर्छ |
कि त बर्षात,
नभए, हुरी चल्छ रातमा,
मेरो असह्य पिडा,
त्यो रातले देख्दै देख्दैन,
त्यो रातले बुझ्दै बुझ्दैन,
एस्ट्रेमा चुरोटको धुलो नखस्दै,
कोठा धुवाले भरिए झैँ,
एउटा रंगिन आकंक्षा,
आकाशमा उड्छ तर,
पत्तै नपाइकन भैमा लतारिन्छ,
म खोज्न थाल्छु,
आकाशमा बिजुली चम्किएको बेला,
त्यो उज्याल्लोमा सायद,
मैले केहि भेट्छु कि,
थाहा छ, मसंग बाँकी,
कालो आकाशको केवल शून्यता मात्र छ,
आज त पर आकाशको,
ताराहरु पनि मलाई गिज्याउदै छन्,
किनकी मसंग अनुत्तरित प्रश्नै प्रश्न छन्,
आफ्नै अपरिचयतामा,
परिचयताको उत्तर खोज्दै,
हरेक रात सुनसान सडकमा रुमलिनुको कारण,
अंह, मलाई केही थाहा छैन |
अजय ढुंगाना
२०६३ कार्तिक २३ बिहिबार
पिठुवा, चितवन
तस्बिर: http://www.wcpf.org.uk/pages/pagb/successful-panels.php?gall_id=38
थाहा छैन,
थाहा छैन,
रातहरु कुन मोडले आउछन अचेल,
अनि, कुन दिशामा फर्कन्छन |
एक पल, मेरो आँखाको समिपमा,
बेसंस्कारी यी जीवनका रुपहरुलाई,
सायद झक्झक्याउन,
नभए गिज्याउन,
अनि जिस्काउन,
किन आउछन ?
मेरो निम्ति,
रातको चिसो संगै घट्दै गरेको तापक्रम,
कुनै कठोर संजाय भन्दा कम छैन,
वीरबलको खिचडी जस्तै,
पारी डाँडामा बलेको बिजुली बत्ति,
मेरो आस्थाको केन्द्रबिन्दु बनेकोछ,
जिन्दगी मक्किएको देखेर,
भत्किएको देखेर,
अनि पटक पटक कुच्चिएको देखेर,
त्यो आस्थाको केन्द्रबिन्दु पनि,
पटक पटकको लोडसेडिंगले,
भएभित भै सकेको छ,
अरुण चौथो पाँचौ र छैटौको आशमा,
रात काट्नलाई मैनबत्ती बालेको,
थाहा छैन कति भयो,
तर पनि हरेक दिन,
मलाई रातले पिछा गर्न छाडेको छैन,
लाग्छ, हरेक रातले सोच्छ होला,
मेरो बेसंस्कारी जीवनका रंगहरुलाई,
एक पटक गिज्याउनु नै पर्छ |
कि त बर्षात,
नभए, हुरी चल्छ रातमा,
मेरो असह्य पिडा,
त्यो रातले देख्दै देख्दैन,
त्यो रातले बुझ्दै बुझ्दैन,
एस्ट्रेमा चुरोटको धुलो नखस्दै,
कोठा धुवाले भरिए झैँ,
एउटा रंगिन आकंक्षा,
आकाशमा उड्छ तर,
पत्तै नपाइकन भैमा लतारिन्छ,
म खोज्न थाल्छु,
आकाशमा बिजुली चम्किएको बेला,
त्यो उज्याल्लोमा सायद,
मैले केहि भेट्छु कि,
थाहा छ, मसंग बाँकी,
कालो आकाशको केवल शून्यता मात्र छ,
आज त पर आकाशको,
ताराहरु पनि मलाई गिज्याउदै छन्,
किनकी मसंग अनुत्तरित प्रश्नै प्रश्न छन्,
आफ्नै अपरिचयतामा,
परिचयताको उत्तर खोज्दै,
हरेक रात सुनसान सडकमा रुमलिनुको कारण,
अंह, मलाई केही थाहा छैन |
अजय ढुंगाना
२०६३ कार्तिक २३ बिहिबार
पिठुवा, चितवन
तस्बिर: http://www.wcpf.org.uk/pages/pagb/successful-panels.php?gall_id=38
No comments:
Post a Comment