Wednesday, December 14, 2011

महाकवि देवकोटाको यात्री कविता गीतमा

महाकवि देवकोटाको यात्री कविता गीतमा


चलचित्र बासुदेवमा राखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता रबिन शर्माले गाएका हुन् | कविताका सबै हरफहरु अक्षरम्स गाइएका छैनन् | गीतका रुपमा गाउनका लागि केही हरफहरु काटिएको हुनुपर्छ  र पनि गायक र संगीतकारले देबकोटाको रचनामा न्याय गरेको मान्नुपर्छ | निकै नै चर्चित यो कवितालाई गीतको रुपमा यसरी गाइएको छ |

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?


कुन मन्दिरमा जान्छौ यात्री,

हाडहरूका सुन्दर खम्बा,
मांस पिण्डको दिवार ।
मस्तिस्कको सुनको छाना,
इन्द्रियहरुका द्वार !
नसा-नदिका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,

साथी यात्री बीच सडकमा,
ईश्वर हिंडछ साथ
चुम्दछ ईश्वर काम सुनौला
गरीरहेको हात
छुन्छ तिलस्मी करले उसले,
सेवकहरूको साथ ।
कुन मन्दिरमा जान्छौ यात्री,

फर्क फर्क हे ! जाऊ समाऊ,
मानिसहरूको पाउ !
मलम लगाऊ आर्तहरूको,
चहराइरहेको घाउ
मानिस भई ईश्वरको यो
दिव्य मुहार हँसाऊ
कुन मन्दिरमा जान्छौ यात्री,

सडक किनारा गाउँछ ईश्वर
चराहूरूको तानामा
बोल्दछ ईश्वर मानिसहरूको
पीडा, दु:खको गानामा
दर्शन किन्तु कहीं दिंदैन,
चर्म-चक्षुले कानामा ।
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?

कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?
कुन मन्दिरमा जान्छौ यात्री ?


यु ट्युबमा यो गीत हेर्नलाई यहाँ क्लिक गर्नु होला |

र महाकबि देबकोटाले लेख्नुभएको 'यात्री' कविता पुरै पढ्न यहाँ क्लिक गर्नु होला |


No comments: