नेपालमा
धितोपत्रको दोस्रो बजारको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेको छ। दोस्रो बजारबाट
धितोपत्र खरिद/बिक्री कार्य गर्नका लागि नेप्सेबाट स्वीकृति प्राप्त धितोपत्र दलाल
मार्फ़त गर्नुपर्ने हुन्छ। हाल नेप्सेमा धितोपत्रको कारोबार स्क्रिन बेस्ड ट्रेडिङ
सिस्टमबाट हुन्छ, जुन पुरानो ओपन-आउट-क्राई (चिच्याएर कराउने) प्रणालीलाई बिस्थापन
गरेर सन् २००७को अगष्टमा भित्रिएको हो। स्क्रिन बेस्ड ट्रेडिङ प्रणाली कम्प्यूटरमा
आधारित प्रणाली हो जसमा लगानीकर्तालाई बिभिन्न शर्त सहितको कारोबार गर्ने सुविधा उपलब्ध
छ। सामान्यतया लगानीकर्ताले धितोपत्र खरिद वा बिक्री गर्नु परेमा खरिद/बिक्री आदेश
फारम भरेर धितोपत्र दलाललाई दिने गर्दछन्। जुन आदेशमा उल्लेखित शर्त सहितको विवरण धितोपत्र
दलालले नेप्सेको प्रणलीमा
प्रविष्ट गर्ने गर्दछन्।
कुनै
लगानीकर्ताले आफ्नो नाममा
धितोपत्र खरिद बिक्री
गर्न सर्वप्रथम ग्राहक
पहिचान फारम भरेर
धितोपत्र दलालकोमा बुझाउनु पर्ने
हुन्छ। उक्त फारममा
उल्लेखित विवरणहरु सिस्टममा प्रविष्ट
गरिसके पश्चात धितोपत्र
कारोबारको लागि प्रत्येक
लगानीकर्तालाई एउटा अलग्गै
कोड प्राप्त हुन्छ।
तत् पश्चात मात्र
उक्त लगानीकर्ताले उक्त
धितोपत्र दलालबाट धितोपत्रको कारोबार
गर्न सक्दछ। लगानीकर्ताले
धितोपत्र दलाल परिवर्तन
गरेर कारोबार गर्न
चाहेमा यस्तो पहिचान
फारम पुनः भनुपर्ने
हुन्छ। लगानीकर्ताले कारोबारको
क्रममा खरिद/बिक्री
आदेशमा बिभिन्न किसिमको
शर्तहरु राख्न सक्दछन्।
यो लेखमा लगानीकर्ताले
प्रयोग गर्न सक्ने
बिभिन्न शर्तहरुको बारेमा
चर्चा गरिएको छ।
१)
आदेश (Order): लगानीकर्ताले कारोबार गर्न
चाहेको शर्तहरुको रुपाङ्कनलाई
अडर वा आदेश भनिन्छ। यस्तो आदेशमा
कारोबार गर्न चाहेको
शंख्या, धितोपत्रको किसिम,
कारोबार मुल्य आदिको
बारेमा लगानीकर्ताले आफ्नो
राय व्यक्त गरेको
हुन्छ। आदेश चार
प्रकारले दिन सकिन्छ।
- रेगुलरः स्टक एक्सचेन्जले रेगुलर वा नियमित कारोबारका लागि तोकेको न्यूनतम कित्ता वा त्यो भन्दा बढी संख्याको आदेशलाई रेगुलर वा नियमित आदेश भनिन्छ। हाल नेपालमा नेप्सेले १० वा सो भन्दा माथीको आदेशलाई नियमित वा रेगुलर अडर भनेर परिभाषित गरेको छ। यस्तो रेगुलर अडरको कारोबार नेप्सेमा बिदाको दिन बाहेक आइतबार देखी बिहिबारसम्म बिहान ११ बजे देखी दिउसो ३ बजेसम्म गर्न सकिन्छ।
- अड लटः स्टक एक्सचेन्जले रेगुलर वा नियमित कारोबारका लागि तोकेको न्यूनतम कित्ता भन्दा कम शंख्याको आदेशलाई अड लट भनिन्छ। यसर्थ नेप्सेमा १ देखी ९ कित्तासम्मको कारोबारलाई अड लट भनिन्छ। अड लटको कारोबार नेप्सेमा शुक्रबार ११ देखी १२ बजेसम्मका बिचमा हुन्छ।
- ब्लकः स्टक एक्सचेन्जले निक्कै ठूलो कित्ताको धितोपत्र कारोबारको क्रममा ब्लक आदेशको न्यूनतम कित्ता शंख्या वा न्यूनतम कारोबार मुल्य तोकेको हुन्छ। सो न्युनतम कारोबार शंख्या वा मुल्यभन्दा बढीको एउटै कारोबार आदेश भएमा त्यसलाई ब्लक आदेश भनिन्छ। सामान्यतया ब्लक आदेशमा खरिदकर्ता/बिक्रीकर्ता बिच कारोबार सम्झैता पहिल्यै भैसकेको हुन्छ। जसलाई 'अपस्टेयर्स' वा 'अफ एक्सचेन्ज' सम्झैता भनिन्छ। यस्तो सम्झैता पश्चात दोस्रो बजारको कारोबार प्रणली अन्तरगत उक्त ब्लक आदेशको कारोबार गरिन्छ।
- म्यानुयलः अटोमेटेड प्रणली अन्तरगत कारोबार नगरी विशेष परिस्थितीमा म्यानुयल विन्डोबाट गरिने कारोबारलाई म्यानुयल ट्रान्जेक्सन (कारोबार) भनिन्छ। यसरी म्यानुयल कारोबार गर्न दिइने आदेशलाई म्यानुयल अडर भनिन्छ। यस्तो कारोबारको बारेमा खरिदकर्ता दलाल र बिक्रीकर्ता दलाललाई पहिले नै जानकारी दिईएको हुन्छ।
२)
कारोबार मुल्य (Price): लगानीकर्ताले
कारोबार मुल्यमा तीन
प्रकारले शर्त तोक्न
सक्दछन्।
- निश्चित मुल्य (Fixed Price): लगानीकर्ताले निश्चित मुल्यमा मात्र धितोपत्र खरिद वा बिक्री गर्नुपर्ने शर्त सहित धितोपत्र दलाललाई आदेश दिन सक्दछन्। धितोपत्र दलालले उक्त निश्चित मुल्यमा नै कारोबार सम्पन्न गरिदिनु पर्दछ। उदाहरणका लागि लगानकिर्ताले सिद्धार्थ बैंकको शेयर रु ९८५।– मा खरिद गर्न आदेश दिएको भए, धितोपत्र दलालले उक्त शेयर रु ९८५।– मा उपलब्ध भएको अवश्थामा मात्र उक्त शेयर लगानीकर्ताको लागि खरिद गरिदिन सक्दछ।
- कारोबार मुल्य सिमा (Price in Range): लगानीकर्ताले कुनै धितोपत्र खरिद/बिक्री गर्नको लागि न्यूनतम र अधिकतम कारोबार मुल्यको एउटा सिमाको शर्त राखेर धितोपत्र दलाललाई आदेश दिन सक्छन्। धितोपत्र दलालले उक्त सिमा भित्र धितोपत्र खरिद वा बिक्रीका लागि उपलब्ध भए मात्र धितोपत्र खरिद वा बिक्री कार्य गरिदिन सक्छन्। उदाहरणका लागि लगानकिर्ताले सिद्धार्थ बैंकको शेयर रु ९७०।– देखी रु १०००।– सम्ममा खरिद गर्नु भनेर आदेश दिन सक्छन्, यस्तो अवश्थामा धितोपत्र दलालले उक्त शेयर तोकिएको सिमा भित्रमा उपलब्ध भएको अवश्थामा मात्र उक्त शेयर लगानीकर्ताको लागि खरिद गरिदिन सक्दछ।
- बजार मुल्य (Market Price): लगानीकर्ताले धितोपत्र खरिद बिक्री आदेशमा कुनै प्रकारको मुल्य उल्लेख नगरी बजार मुल्य उल्लेख गर्न सक्छन्। यस्तो अवश्थामा धितोपत्र दलालले बजारमा उपलब्ध कुनै पनि मुल्यमा लगानकिर्ताको लागि धितोपत्र खरिद वा बिक्री गरिदिन सक्छन्।
३)
कारोबार समयः लगानीकर्ताले
आफ्नो कारोबार कति खेर
सम्पन्न हुने भन्ने
सन्दर्भमा पनि शर्त
राख्न सक्छन् ।
यस्तो शर्तहरु तीन
प्रकारका हुन्छन।
- बजार खुल्दा (At the Open): धितोपत्र बजारको नियमित कारोबार खुल्न आधा घण्टा पूर्व नेप्सेको प्रणलीमा आदेश प्रविष्ट गर्न मिल्छ। लगानीकर्ताले एट द ओपन शर्त राखेर प्रविष्ट गरिएको आदेशमा, उक्त धितोपत्रको अघिल्लो दिनको अन्तिम मुल्यमा ५% सम्म मुल्य तल/माथी रहेर कारोबार गर्न आदेश दिन सक्छन्।
- नियमित कारोबारः धितोपत्र बजारको नियमित कारोबार समय (हाल नेप्सेको हकमा, आइतबार देखी बिहिबार ११ बजे देखी ३ बजेसम्म) को बिचमा सम्पन्न हुने भनेर दिइएको आदेशको कारोबारलाई नियमित कारोबार समयको कारोबार भनिन्छ। नियमित कारोबारको क्रममा अघिल्लो कारोबार मुल्यमा २% सम्म सम्म मुल्य तल/माथी रहेर कारोबार गर्न आदेश दिन सक्छन्।
- बजार बन्द हुँदा (At the Close): धितोपत्र कारोबारको नियमित कारोबार समयमा एट द क्लोज शर्त सहितको आदेश लगानीकर्ताले दिन सक्छन् र उक्त आदेश धितोपत्र दलालले उक्त आदेश नेप्सेको प्रणलीमा प्रविष्ट गर्न सकछन्। एट द क्लोज कारोबार सम्पन्न गर्न नेप्सेले 'n' कारोबारको औसत लिने गर्दछ। हाल 'n' को स्थानमा १ राखेर गणना गरिन्छ।
४)
आदेश संचित समय
(Retain Until): लगानीकर्ताले धितोपत्र दलाललाई दिएको
खरिद/बिक्रीको आदेश
कहिलेसम्म नेप्सेको प्रणालीमा संचित
गरिराख्ने भनेर दुइ
किसिमको शर्त राख्न
सक्छन्।
- कारोबार दिनको अन्त्यसम्म (End of the Day): लगानीकर्ताको आदेश कहिलेसम्म संचित गर्ने भनेर शर्त नराखिएको आदेश त्यो कारोबार दिनको अन्त्यसम्म नेप्सेको प्रणलीमा संचित भैराख्छ। कारोबार समय सकिए पश्चात त्यस्ता आदेशहरु नेप्सेको प्रणालीबाट स्वत हटेर जान्छन।
- रद्द नगरेसम्म (Good till Cancelled): लगानीकर्ताले आदेशमा रद्द नगरेसम्म भन्ने शर्त राखेको अवश्थामा, ति आदेश कारोबार नभएसम्म वा लगानीकर्ता स्वयंले त्यो आदेश रद्द नगरेसम्म त्यस्तो आदेश नेप्सेको प्रणलीमा रहिरहन्छन। यद्यपी धितोपत्र कारोबारको संवेदनशिलतालाई मध्यनजर गदै १५ दिनसम्म यस्तो कारोबार सम्पन्न हुन नसकेमा नेप्सेको प्रणालीबाट स्वत हटेर जाने व्यवस्था गरिएको छ।
५)
अन्य विशेष शर्तहरु
(Other Specific Conditions): लगानीकर्ताले
आदेशमा निम्न अनुसारको
अन्य बिशेष शर्तहरु
राख्न सक्छन।
- तत्काल वा रद्द (Immediate or Cancel): लगानीकर्ताले तत्काल वा रद्द शर्त राखेको आदेश तत्काल पुरै वा केही अंश भए पनि कारोबार गरिहाल्नु पर्छ। तत्काल कारोबार हुन नसकेमा यस्तो आदेश पब्लिक अडर बुकमा नपठाई सिस्टमले रद्द गरिदिन्छ।
- भर्नु वा मार्नु (Fill or Kill): लगानीकर्ताले फिल अर किल शर्त राखेको आदेश तत्काल पुरै कित्ताको कारोबार गरिहाल्नु पर्छ। यो शर्त राखिएको आदेशमा केही अंशको मात्र कारोबार गर्न पाइदैन। यो आदेश पनि तत्काल कारोबार हुन नसकेमा पब्लिक अडर बुकमा नपठाई सिस्टमले रद्द गरिदिन्छ वा मारिदिन्छ।
- सप्पै वा कत्ति पनि (All or None): लगानीकर्ताले अल अर नन शर्त राखेको आदेशमा पुरै कित्ताको कारोबार मात्र गर्न पाइन्छ । यो शर्त राखिएको आदेशमा केही अंशको मात्र कारोबार गर्न पाइदैन । यो आदेश तत्काल कारोबार हुन नसकेमा पब्लिक अडर बुकमा पठाइन्छ र लगानीकर्ताले संचित गरेर राख्नु भनेको शर्तसम्म उक्त आदेश प्रणालीमा संचित रहन्छ ।
अजय ढुंगाना
No comments:
Post a Comment