Sunday, January 9, 2011

युद्ध र शान्ति (कविता); सरुभक्त

युद्ध र शान्ति


यथावत संक्रमण
लामखुट्टे तुफान चलेको वेला
रोल्वालिङतिरका च्छो रोल्पाहरुमा
आइपुगेका छन् उड्ने प्याउराका
अन्तहीन वथानहरु

हत्याको फरमान जारी छ
यसर्थ गंगटाहरुको जुलुश निस्केको छ
जिन्दगीको मृत्यु शडकहरुमा

उ: ! सलहहरुले धावा वोले
खोई कहाँ छन् च्वे ग्वेभेराका टाटु
पाखुरामा अङ्कित गरिहिड्ने
दूव्र्यसनी जन पुस्ताहरु ?

आजभोलि पशुहरु सर्कसमा
मान्छे नचाउँछन्

सुम्सुद्दीनहरु आएका छैनन् फिरङ्गीहरु आएका छैनन्
देश कस्को कब्जामा छ ?
देशवासीहरुलाई थाहा छैन

गाउँमा हावा चल्दैनन् गोली चल्छन्
काहुलेवासी बाबुआमाहरु रुवावासी गर्छन
देवताहरुको मृत्युमा

‘धुमकेतु / पुच्छ्रेताराहरुको उपस्थितिले
देशमा धनजनको क्षति’
आह ! नेताहरुद्वारा मोहभङ्ग जनताहरु
ज्योतिषीहरुका शरणमा छन्

हामी वीरमात्र छैनौं बुद्धिमानपनि छौं
यसर्थ संविधानका एक एक धारामा
मत वजाउन समर्थ छौं

युद्धका इतिहास धेरै लेखिए ...
अब कहिलेदेखि शान्तिको इतिहास लेखिने हो ?

सरुभक्त

No comments: