Monday, January 31, 2011

गजल (१०९); अजय ढुंगाना


गजल

ए प्यारी बढ्यो गजलको प्यार आज,
पानी झैँ तरल भो छैन आकार आज,

वेहोशी भए म तिमी अनि गजल भित्र,
वेहोशी ताल के हुनसक्छ बन्नु होशियार आज,

माधुर्य छ स्वरमा गाईदेउ गजल यौटा,
लजाएर गितार यो छिन्दैछ तार आज,

गजल, गजल बन्नेछ तिम्रो स्वरको जादुमा,
पाईन मैले दिन तिमीलाई अलंकार आज,

विजय यात्रा उल्लासमा लेखिएको गजल यो,
शुभकामना संगसंगै यही उपहार आज |

 अजय ढुंगाना

No comments: