Thursday, February 3, 2011

शास्वत प्रेम (कविता); अजय ढुंगाना


शास्वत प्रेम

अनबरत आफ्नो यात्रामा,
मसंगको सामिप्यता,
म गास्छु या उनि गस्छिंन,
थाहा छैन,
तर पनि,
निकटता बढ्छ,
स्नेह बढ्छ,
हार्दिकता बढ्छ |

हरेक झिसमिसेमा,
म उनीलाई भेट्न पुग्छु,
उनि मलाई भेट्न आउछिन,
बात मर्छिन शब्द तरंगमा,
खबर सुनाउछिन नया र नुतन,
म सुन्छु टोलाउछु,
अनि आफै भित्र हराउछु,
हाम्रो भेट चोकमा हुन्छ,
गल्लिमा छुटिन्छ,
उनि सुगन्धि फूल लिएर आउछिन,
बसन्ती बहार लिएर आउछिन,
म बुझ्दिन उनलाई,
नारी भाब दर्शाउछिंन उनि,

सुनौलो प्रभातमा आशाको किरण,
नबिन उषामा बिश्वासको तरंग,
उनि मुस्काउछिंन,
म हेर्छु,
उनि जान्छिंन,
म पथ प्रर्दशक हुन्छु,
तर फर्केर आउछु,
जंघारमा कुर्छु,
पर्खेर बस्छु,
किनकी म उनीलाई प्रेम गर्छु,
उनि मलाई गर्छिन या गर्दिनन,
लहरा र कन्दराहरुलाई सोध्छु,
पुष्पलतालाई सोध्छु,
जल किनाराका शितल, कोमल
वृक्षहरुलाई सोध्छु,
वृक्षहरुमा बस्ने,
शरीकालाई सोध्छु,
निर्झर जंगलमा डुल्ने,
मृग मरिचीलाई सोध्छु,
म उनीलाई प्रेम गर्छु,
उनि मलाई गर्छिन या गर्दिनन,
हाम्रो प्रेमको शास्वत साक्षी,
ढुंगा माटो र बगरलाई सोध्छु,
किनकी उनि नदि हुन्,
बिशाल हृदयकी,
निस्छल, कन्चन सरिता
तर बिबश म एउटा माझी
केवल माझी.........|


अजय ढुंगाना
२०६० असोज

No comments: