...............................................................
...............................................................
हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि !
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि !
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्,
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् ।
आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ?
नजीकै आयो मानिस यौटा लिएर चिराक
डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब ।
पयोमा यौटा झुण्डेको सास के भर, के डर ?’
भएको बल गलाको पुग्छ चिराक पल्तिर ।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, ‘साथी र भाइ रहेछ हरामी ।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैैन ।’
भोटेको पाउ समाई भन्छन् बिचरा मदन,
‘ईश्वर मेरा हे भोटे दाइ ! क्या राम्रो वचन !
घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,
घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी ।
मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ
मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’
बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो ।
खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,
चौँरीको दूध पिलाईकन बलियो बनायो ।
...........................................................
...........................................................
लक्ष्मी प्रसाद देवकोटा
मुना मदन खण्डकाब्यबाट

No comments:
Post a Comment