Wednesday, October 26, 2011

सुनको दिन एक उदाउँछ रे (कविता); महाकवि लक्ष्मीप्रसाद देवकोटा


सुनको दिन एक उदाउँछ रे


सुनको दिन एक उदाउँछ रे,
यस देश खुलिकन आउँछ रे |
रंगिला सब बादल छाउँछ रे,
जल चंचल भैकन गाउँछ रे |

चिडिया बिउँझेर कराउँछ रे,
सब मन्दिर घंट बजाउँछ रे |
र हवा पनि बास उडाउँछ रे,
दिल फूल सबै बिउँझाउछ रे |

दुनिया सब चार्दछ धाउँछ रे,
र हिमाल उँचा झल्काउँछ रे |
जलबिन्दु सुशितल ल्याउँछ रे,
सब उन्नत झल्ल तुल्याउछ रे |

महाकवि लक्ष्मीप्रसाद देवकोटा


महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औ जन्मजयन्तीका अवसरमा महाकवि प्रति श्रदा सुमन ब्यक्त गर्न चाहन्छौ |
अभिनव.कम परिवार