Monday, July 7, 2014

धुँवा~ धुँवा ~~ जिन्दगी

धुँवा~ धुँवा ~~ जिन्दगी

16 February 2012 at 07:44
                             (चुरोट सल्किन्छ....)
मेरो माया
चुरोटको धुँवामा उड्यो कान्छि,
हेर त,
रङमङिंदै~ ~ ~, गुजुल्टिदै
रङमङिंदै ~ अनि ~ गुजुल्टिंदै

                         (निकोटिनले खेल्न थाल्छ.....)
तिम्रो माया
निकोटिनको सर्को भो कान्छी,
उस्तै, दुरुस्तै
संसार भुलेर म
लठ्ठिएझैं,
तिम्रो
मायालु अगाँलोमा


                       ( अब कबितामा र्‍याप..........)
हो,
तिम्रो माया आजकाल
साह्रै
चार्को भो कान्छी
चाहेर पनि म
पाउन सक्दिन
तिमीलाई ~~~…~…~…~……
……~………
                 (ठुटोले औंला पोल्न थाल्छ......... ठुटो हेर्दै)
 ~.. हेर न !        
यि दुइ औंलाको
कापमा अड्किएको
यो ठुटो~~
जिस्क्याउँछ मलाई,
जिवन सल्काएर
धुवाँ ~~~~धुवाँ~~~~   




चौलानी नदी किनर, बिटुले,दार्चुला
रात्री १:३०
भदौ १३, २०६७
सुवास पन्थ

(साथी सुवासको फेसबुक नोटबाट)

No comments: