आज बाटोमा रथ दौडदैनन्,
बाटोमा हिडेका,
घोडाको टापको आवाज,
अंह सुनिदैनन्,
हिजो र आजमा,
फरक देख्दैछु म,
हिजो बाटोमा रथ दैड्दा,
केवल घोडाको टापको आवाज हुन्थे,
मान्छेहरु चुपचाप हुन्थे,
मौन हुन्थे बोट अनि विरुवाहरु,
शान्त रहन्थे आकाश र बादल,
यो हिजोको कथा,
तर आज बाटोमा रथ दौडदैनन्,
सुनिदैनन् घोडाको टापको आवाज,
बाटो चर्किएको पनि छैन,
र बाटो भत्किएको पनि हैन,
बाटोमा हिडेका,
घोडाको टापको आवाज,
अंह सुनिदैनन्,
हिजो र आजमा,
फरक देख्दैछु म,
हिजो बाटोमा रथ दैड्दा,
केवल घोडाको टापको आवाज हुन्थे,
मान्छेहरु चुपचाप हुन्थे,
मौन हुन्थे बोट अनि विरुवाहरु,
शान्त रहन्थे आकाश र बादल,
यो हिजोको कथा,
तर आज बाटोमा रथ दौडदैनन्,
सुनिदैनन् घोडाको टापको आवाज,
बाटो चर्किएको पनि छैन,
र बाटो भत्किएको पनि हैन,
आज बाटोले,
मुन्टो बांगिएका जंगबहादुरहरुको,
सवारीको इजाजत,
खारेज गरिदिएको छ,
आज बाटोमा मान्छेहरु छन्,
केवल मान्छेहरु,
तर चुपचाप छैनन् मान्छेहरु,
लगाइरहेछन् नारा,
जंगबहादुर मुर्दावाद,
मुर्दावाद मुर्दावाद,
नियालिरहेछन् परिवर्तनलाई,
बोट अनि विरुवाहरु,
स्वागत गरिरहेछन्,
आकाश अनि बादलहरु,
आज बाटो जनताको भइको छ,
जनताको पैतालाले,
बाटाको अगं अगं,
फेरि एकपटक पवित्र भएकोछ ।
नेपालीकविता.कमबाट
No comments:
Post a Comment