Wednesday, July 27, 2011

'म' र मेरो उत्साह (कविता); अजय ढुंगाना


'म' र मेरो उत्साह

जीबनका परिभाषाहरु वदलिन्छन्,
एक गतिशिल छाया मात्र रहदैन जीवन,
मेरो उत्साहमा, अप्ठ्याराका तगाराहरु,
आफै हट्दै जान्छन,
जब म एक उत्साह मनमा साट्छु,
मनसँग साट्छु,
जब म एक हरफ कविता तिमीलाई सुनाउछु,
तिम्रो निमेष भरको मुस्कान,
मन भित्र कैद गर्छु,
म एक पटक 'म' हुन्छु,
चिटिक्क मिलेको राम्रो 'म',
तब बदलिन्छन जीवनका परिभाषाहरु,
पुराना हिसाबहरु,
थोत्रिएका खाताहरु,
हप्तौ देखि सफाचट नबनाएका गालाहरु,
बदलिन्छन मस्तिष्कका थोत्रा विचारहरु,
डाडा काट्न लागेका आस्थाका अवयवहरु,
वर्षामा रुझेर हिलाम्मे भएका,
च्यातिन लागेका चप्पलहरु,
र बिहानी पख तर्साउने भुतका गन्धहरु |

सुर्यको पहिलो किरण भन्दा पहिले,
जब उत्साहको तरंग,
झ्यालको पर्दा छेडेर,
मेरो कोठामा आउछ,
म एक पटक फेरी 'म' हुन्छु
चिटिक्क मिलेको राम्रो 'म' हुन्छु,
एक शेर नया गजल गुनगुनाउदै हुन्छु |

अजय ढुंगाना

No comments: