Tuesday, September 20, 2011

एउटा नियती (कविता); अजय ढुंगाना


एउटा नियती


एउटा नियती
वदलियपछी,
वा नवदलियपछी,
मेरो विश्वास बदलिन्छ,
वदलिन्छ तिमी प्रतिको मेरो आस्था,
हर नियती पश्चात,
मेरो विश्वास बदलिन्छ |

हर नियती समस्या होइन,
हर नियतीसंग समाधान हुदैन,
त्यो त तिमी हौ,
समस्याको  अजङ्ग पहाड,
समाधानको मलिन आश,

त्यसैले एक नियती र तिमी,
एक कहिल्यै होइनौ,
फरक-फरक पनि कहिल्यै छैनौ,
एउटा नियतीलाई तिमीले कसरी प्रस्तुत गर्छौ,
एउटा नियतीसंग तिमी कसरी प्रस्तुत हुन्छौ,
तिमी कहाँ छौ ?
कुन अवस्थामा छौ ??
सत्तापक्ष वा प्रतिपक्ष |

एउटा नियती
वदलियपछी,
वा नवदलियपछी,
मेरो विश्वास बदलिन्छ,
वदलिन्छ तिमी प्रतिको मेरो आस्था |


अजय ढुंगाना
२० सेप्टेम्बर २०११
लण्डन

No comments: