Monday, February 13, 2012

गजल (२); राजेश कार्की


गजल

जति जति पर सर्रछयौ उति नजिक बसुँला म
जति जति फुक्न खोज्छ्यौ उति उति कसुँला म

घुर्काएर ठुस्कीएर रूँदै जित्न खोज्छ्यौ भने
ति आंशुका थोपा थोपा संग संगै खसुँला म

कति सजिलै भन्छ्यौ नि मेरो माया छैन भनि
थुने पनि छेके पनि त्यो दील भित्र पसुँला म

डराई समाजसंग कुल् घरान खोज्छ्यौ भने
जात पात कुरीतिलाई गोमन बनि डसुँला म

डराउदिन कसैसित तिमीले हात थामे पुग्छ
साथ तिमी दिन्नौ भने भैगो एक्लै फसुँला म

विर्सीभुली कसम बाचा चोखो माया जलाइदिए
अंजुलीमा खरानी लिइ छाती भरी घसुँला म



आर. राजेश कार्की 
लस् एन्जलसबाट 



1 comment:

Ajaya Dhungana said...

गजलका लागि राजेशजीलाई धेरै धेरै धन्यबाद