Saturday, February 18, 2012

पासासंग उद्रेको चोली (लुट) हेर्न जाने मास्तर प्लान तयार हुदैछ

Nepali movie 'Loot' featuring in London, UK
पासासंग उद्रेको चोली (लुट) हेर्न जाने मास्तर प्लान तयार हुदैछ

१६ मार्चमा लण्डनमा एक सफल व्यवसायिक नेपाली चलचित्र लुट पहिलो पटक प्रदर्शन हुने भएको छ | यो चलचित्रलाई लिएर म पहिले देखि नै निक्कै उत्साही भएको छु | यो चलचित्रका बारेमा मैले केही भनिरहनु पर्दैन | पछिल्लो एक महिनामा नेपाली सिने जगतमा यो चलचित्रका बारेमा भएको टिप्पणी र प्रतिक्रिया नै काफी छ | लण्डनमा यसको प्रदर्शनको तारतम्य मिलाएको छ, सिग्नेचर भन्ने ग्रुपले | फेसबुकमा यो इभेन्टका बारेमा निम्न अनुसार जानकारी राखिएको छ | 

Event: 'Loot' in London Premier UK- The Signature
By the Signature
Date: 16/03/2012
Venue: Clapham Grand, Clapham Junction, London SW11 1TT
Time: 5-5.45 PM (Pre Screening)
6-8.30 PM (Movie Time)
8.45-10 PM (Post Screening)
Price: £12 Normal
£15 Balcony
Please note the movie is 16+

For more details 

ALDERSHOT PREMIER LINKS -
or email thesignaturee@gmail.com

किन हेर्ने त् यो चलचित्र ?
नेपाली मुलधारको चलचित्र होइन यो | यो नै यसको प्रमुख बिशेषता रह्यो | चलचित्र नहेरीकनै यसका बारेमा 
केही भन्नु अतियुक्ति नहोला | मेरोसिनेमा.कममा यसको रिलिज लगतै यस्तो समिक्षा लेखिएको थियो 



स्पटनेपाल.कममा लेखिएको अर्को टिप्पणी यस्तो थियो 


अनि आकारपोस्ट.कममा चलचित्र हेरिसकेपछि आकार अनिल  आफ्नो ब्लगमा यस्तो लेख्छन 


अन्त्यमा विदेशमा बस्दा पनि हल मै  नेपाली चलचित्र हेर्न पाउनु धेरै खुशीको कुरा हो | लुटको रिलिज लगतै ऑस्ट्रेलियामा पनि यसको प्रदर्शन भएको थियो, हाउसफुलका समाचारहरु सुन्नमा आएका थिए, फेसबुक र टुइटरमा त्यहाँ रहेका साथीहरु लुट हेर्न जाने र गएको भन्ने प्लानका कुराहरु लेख्थे आफुले हेर्न नपाएकोमा कता कता दिक्क पनि लाग्थ्यो, किन किन बेलायतमा भने छिटै हेर्न पाइएला जस्तो लागेको थिएन | तर तारतम्य मिल्यो, अब एक महिनै सही कुर्न तयार छु | म चलचित्रको समिक्षक होइन र त्यो हैसियत पनि राख्दिन, तर सचेत दर्शक हूँ, त्यसैले चलचित्र जस्तो लाग्छ, त्यस्तै प्रतिक्रिया लेखौला |त्यतिन्जेलसम्मका लागि लुटको यो ट्रेलर 



Ajaya Dhungana

2 comments:

Saroj said...

thank u for the information

Pa Ul said...

Your blog is great to read :)