Friday, February 10, 2012

यथार्थ (लघुकथा); अजय ढुंगाना


Reality, A nepali Short story
यथार्थ


गुगललाई त के मतलब, उ त सर्च गरे पछि केही न केही रिजल्ट देखाइदिन्छ | गुगलको मात्रै विश्वास गरेर हुन्छ त ? यति भनेर उ गयो |

म मनमनै सोच्दै भए, मलाई के थाहा त ? मैले त उसले दिएको नाम टाइप गरे अनि गुगलमा इमेज सर्च गरे, जे आयो मैले त्यै टपक्क टिपे | 

मलाई के थाहा त त्यो  गलत रिजल्ट हो भनेर ?

त्यो गलत रिजल्ट हो भन्ने थाहा पाएको भए म त्यही रिजल्ट किन छान्थे होला र ??

म सोच्दै थिए, यो गुगलले पनि सही रिजल्ट मात्रै देखाइदिए हुनी नि, गलत रिजल्ट किन दिने होला | एक थोक टाइप गर्यो, त्यसको करोडौ रिजल्ट देखाउछ; कत्ति न् खुब धेरै थोक जान्या छु भन ठान्दो हो | त्यो करोडौ रिजल्टको सट्टा सही सही दशवटा मात्रै रिजल्ट दिए हुनी नि |

यु ट्युबमा अघि नै देखि लोड हुन नसकेको एउटा भिडियो लोड भयो मेरो ध्यान त्यतै तानियो | भिडियोमा एउटा एनिमेटेड कम्प्युटर बोल्दै थियो "ए मान्छे!! म त एउटा साधारण मेसिन हो, म तिमी जस्तो कहाँ हुन सक्छु र, न त मसंग तिमीसंग जस्तो दिमाग छ, न त हेर्ने आँखा नै, न त अनुभब गर्ने हात नै | म त एउटा मध्यम हो, तिम्रो सजिलो साधन हो, बिकप्ला त होइन नि | राम्रो नराम्रो छुट्टाउने जिम्मा तिम्रो, सही गलत त्यो तिमी जान्दछौ, म जान्दिन | म त एउटा साधारण मेसिन हो, साधारण मेसिन, अलि अलि जटिल छु, त्यो पनि तिमीले नै बनाएको हौ |"

 अजय ढुंगाना
(image source: swarooptheking.net)

No comments: