Monday, May 6, 2013

जिन्दगीको यात्रा


जिन्दगीको यात्रा

अनकन्टार खोंचमा,
जिन्दगीको यात्रा,
शुरु गर्नु अघि,
तिमी मलाई,
यात्राको नियम सुनाउदै छ्यौ |

म प्रभातका शित टिपेर,
सुनकोशी बगरका,
बालुवा चालेर,
वा बागरका गिट्टी,
दुइ फ्याक पारेर,
जिन्दगी सजाउनै,
खोज्दै गर्दा,
तिमी अमुर्त सपनाका रंग भरेर,
मलाई नयाँ जिन्दगी बाँडदैछौ,
म अनकन्टार खोंचमा छिरेर,
नयाँ जिन्दगीको यात्रा,
शुरु गर्दैछु |

बाले नभेटेका,
हजुरबाले नचाहेका,
अनि जिजुबाले सोच्दै नसोचेका,
जिन्दगी भेट्टाउन,
म हतारिरहेछु,
तिमी यात्राका नियम सुनाइरहेछ्यौ,
म जस्तै हजारौ कयौलाई,
क्रम्बद्द एक लाममा राखेर,
भनिरहेछ्यौ यात्रा कठिन छ,
मलाई यात्रा कठिनता,
बेप्रवाह छ,
म परिणामका रंगिन सपनाहरुमा,
हराउन थालिसकेको छु,
रमाउन थालिसकेको छु |

म अनकन्टार खोंचमा,
जिन्दगीको यात्रा,
शुरु गर्नु अघि,
तिमी मलाई,
गन्तवमा पुग्ने,
शुभकामना दिदै छौ,
एक एक राइफल,
र ग्रिनेडको साथमा |


अजय ढुंगाना 
६ मे २०१३
लण्डन 


No comments: