Wednesday, February 5, 2014

मुक्ति: आर्तनाद (कविता)

मुक्ति: आर्तनाद

मेरो शव,
मसानघाटमा,
तिम्रो अन्तिम श्रदान्जलीका साथ,
म पर्खिरहेछु,
मेरो लाशलाई खरानी बनाउने,
बलिरहेको आगो |

म यातना शिबिरबाट कुण्ठित भैं,
निर्भिग्न हेरिरहदा,
टोलाईरहदा,
नि-शब्द हुँदा,
सायद तिमीले सोच्यौ होला,
मेरो मौनता देखेर भन्यौ होला,
वा चिन्ताले ग्रस्त मेरो,
अनुहार हेरेर,
अनुमान लगायौ होला,
यो फगत नि-आस्थामा,
मेरो निर्वासन के का लागि,
मेरो नियती के?
तिमीले आँफैसंग कयौ पटक,
प्रश्न सोध्यौ होला,
अनुत्तरित तिम्रा आफ्नै प्रश्नहरुसंग,
तिमि आँफै हैरान भयौ होला |

दर्दले चहराईरहेका मेरा घाउहरु देखेर,
थकानले ग्रस्त मेरा खुट्टाहरु देखेर,
असह्य पिडाले आत्तिएको,
मेरो मन देखेर,
सोच्यौ होला,
यो छुट्कारा आखिर कोसंग ?
यो मुक्ति आखिर किन ?
यो चहाना भित्रको प्राप्यता के ?
सोध्यौ तिमीले मलाई,
तर भेटिनौ मबाट जवाफ,
तिमीले बुझिनौ मेरो मौन अनुहारको भाषा,
म तिम्रै प्रश्न,
तिमीलाई नै सोद्धै थिए,
तिमी मेरो चिताको आगोमा,
आफ्ना पिडाहरु जलाउन चहिरहेथ्यौ,
मैले बुझिन त्यतिबेला,
मुक्ति मैले खोजे कि तिमीले,
थाहा भएन,
चहाना भित्रको प्राप्यता,
मेरो थियो कि तिम्रो,
असंख्य पिडालाई छोपेर,
हाँस्न म खोज्दै थिए कि तिमी ?
सायद त्यति बेला,
तिमी खुशी थियौ होला,
मेरो अन्दाज मात्र रह्यो,
किनकी धुँवाको मुस्लोहरु,
आकाशमा तितर बितर हुँदै थिए |

अजय ढुंगाना
२०६३, विजयादशमी 
पिठूवा 
Image Source: http://www.eso-garden.com/index.php?/weblog/C42/P15/

No comments: