Thursday, February 20, 2014

सम्झनाको एक पल - १ (कविता शृंखला)


सम्झदै कथा, हाम्रो प्रितको भनिदेउ न सानु,
साँच्चै एक पटक त्यो अतित सुनैदेउ न सानु,

भनिदेउ, हिजोका ति स्वर्णिम बिगत,
जुन केवल अब हाम्रो स्मृतिमा मात्रै छ,
त्यहिँ स्वर्णिम अतित,
जुन केवल अब हाम्रो सम्झनामा मात्रै छ,
ति पल, ति सम्झनाका मझेरीहरु,
लाग्छ, अव मन भित्र अधेरीसकेका छन्,
हिजो स्वरमा स्वर मिलाउदै गाएका ति गीतहरु,
सायद तिमीले बिर्सिसक्यौ होला,
सायद तिमीले भुलिसक्यौ होला,
शान्त सुस्केराका भाकाले,
अंह, तिमीलाई मोहनी लगाउदैन होला अचेल,
रोदी घरको झंकारले,
फेरी तिमीलाई फ़र्काउदैन होला सानु,
जे होस्, आज जे भए पनि,
हामीसंग हिजोका स्वर्णिम पलहरु छन्,
लाली गुराँसले तिम्रो चुल्ठो ढाँकिदा,
गुन्यु चोलीमा सानु तिमी,
खै लाजले त्यो आँखा निउरिदा,
र पनि देखिन्थ्यो, तिम्रो चंचल रुप,
खै के थाह,
त्यो चंचलता आज छ/छैन तिमीमा,
त्यो चंचलता भित्रको निर्मलता,
 छ/छैन तिमीमा,
खै के थाहा.........
तिमीले आज सुनगाभा र लाली गुराँस,
चिन्छ्यौ कि चिन्दिनौ,
के थाहा र मलाई,
मनका मझेरीका ति पललाई,
सम्झिन्छ्यौ कि सम्झिन्नौ ??
हो सानु, सोध्धै छु तिमीलाई,
कतै बिर्सियौ कि तिम्रो अजयलाई ?
यदि बिर्सिएकी छैनौ भने बिन्ति,
एकपटक,
सम्झदै कथा, हाम्रो प्रितको भनिदेउ न सानु,
साँच्चै एक पटक त्यो अतित सुनैदेउ न सानु |



अजय ढुंगाना

No comments: