Thursday, May 21, 2026

नेपालको पुँजीबजार सुधार र अबको नेतृत्वबाट अपेक्षा


नेपालको पुँजीबजार यति बेला अर्को ऐतिहासिक मोडमा उभिएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भई नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढिरहेको छ।

४७ जना आकांक्षीहरूले यस पदका लागि आवेदन दिएको समाचारहरू बाहिरिएका छन्। भर्खरै मात्र अभूतपूर्व जनमत पाएर सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बोर्डको अबको नेतृत्व चयन गर्नेछ।

धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. रेवत बहादुर कार्कीको पालामा भएको धितोपत्र बजारको केही असामान्य परिवर्तनबाहेक, धितोपत्र बजार विगत एक दशकदेखि 'स्टाटस-को' (यथास्थिति) को अवस्थामा छ। कार्कीपछिका अध्यक्षहरू विभिन्न विवादमा परेकाले पनि त्यसको प्रत्यक्ष तर नकारात्मक असर धितोपत्र बजारको विकास र विस्तारमा परेको छ, जसको परिणाम आजको बोर्डको अवस्थाले देखाउँछ।

Monday, November 24, 2025

नेपाल धितोपत्र बोर्डको ३३ औं बार्षिकोत्सवमा मेरो मन्तव्य


 अङ्ग्रेजीमा ‘डेड हर्स थ्यौरी’ भन्ने एउटा मेटाफर छ, जसमा घोडा मरिसकेको भन्ने सत्यलाई स्वीकार्नुको साटो उक्त घोडालाई कसरी प्रतियोगितामा पहिलो बनाउन सकिन्छ भनी बहस गरिन्छ । मरिसकेको घोडामाथि स्रोतहरू खन्याइन्छ, घोडाको खान्की बढाउने सल्लाह हुन्छ, घोडसवार व्यक्ति परिवर्तन गर्ने निष्कर्ष निकालिन्छ र घोडा दौडमा पहिलो हुने लक्ष्य बोकिन्छ ।

कसैले पनि घोडा मरिसकेको छ, दौडमा जाने हो भने जिउँदो घोडा चाहिन्छ भनेर भन्दैनन् । यो रूपकलाई मैले यहाँ किन प्रसङ्ग जोड्न चाहेको भने – धितोपत्र बोर्ड इतिहासको यति गम्भीर क्षणमा छ कि हामीले भविष्यको दिशा गम्भीर ढङ्गबाट समीक्षा गरी अघि नबढ्ने हो भने समाजले यो रूपक हाम्रा लागि प्रयोग गर्नेछ । म अपेक्षा गर्छु – त्यसो नहोस् ।

Wednesday, November 19, 2025

धितोपत्र बोर्डमा भएको कर्मचारी आन्दोलनको बिषयमा मेरो कुरा प्रष्ट पार्दै


 

नेपाल धितोपत्र बोर्ड : स्वायत्ततादेखि जवाफदेहितासम्म


नेपालको पुँजीबजारको नियामक निकायका कर्मचारीहरू गत १ महिनादेखि निरन्तर आन्दोलनमा छन्। आन्दोलनको मुख्य माग धितोपत्र बोर्डको स्वायत्तता कायम गर्नुपर्ने भन्ने छ। बोर्डका कर्मचारीहरूले गरेको आन्दोलनले पुँजीबजारको नियामक निकायको स्वायत्तता, सञ्चालक समितिको संरचना र बोर्डको जवाफदेहिताबारे नयाँ बहस सुरु गराएको छ। आन्दोलन केवल कर्मचारीको सेवासुविधाका लागि होइन, बरु नियामकीय स्वायत्तता र स्वतन्त्रताको विषयमा गहिरो चिन्ता र चिन्तन हो भन्ने बुझ्न जरुरी छ।

पुँजीबजारको नियामक र सरकारको यो टसल संसारको इतिहास हेर्ने हो भने पहिलो होइन र सायद अन्तिम पनि होइन। नेपालको सन्दर्भमा पुँजीबजारको इतिहास हेर्दा नियामकीय स्वायत्ततामा पटक–पटक प्रश्न उठ्दै आएको छ। यसर्थ पनि यसपटकको आन्दोलनमार्फत धितोपत्र बोर्डका कर्मचारीहरूले एउटा स्पष्ट सन्देश दिन खोजेका छन् : 

‘नियामकीय स्वायत्तता भनेको कुनै नियामक निकायको विलासिताको वस्तु होइन, बजारको स्थायित्व र लगानीकर्ताको विश्वासको अनिवार्य पूर्वशर्त हो।’ 

योसँगै हामीले नियामक निकायको स्वायत्तता मात्रै पर्याप्त हुँदैन भन्ने पनि बुझ्नुपर्छ। नियामक निकायले स्वतन्त्र निर्णय लिन पाउने अधिकार पाउनु आवश्यक भए पनि ती निर्णयहरू पारदर्शी, विवेकपूर्ण, जिम्मेवार र परिणाममुखी हुनुपर्छ। त्यसैले आजको सन्दर्भमा स्वायत्ततासँगै जवाफदेहिताको प्रश्न पनि समान रूपमा महत्त्वपूर्ण बनेको छ। आन्दोलनमार्फत कर्मचारीहरूले स्वायत्त नियामकको मात्रै परिकल्पना गरेका होइनन्, एउटा जवाफदेही (एकाउन्टेबल) नियामकको होलस्टिक परिकल्पना गरेका हुन्। 

धितोपत्र बोर्डमा कर्मचारीको आन्दोलन किन ?

 

अमेरिकन राजनीतिशास्त्री तथा हार्वड विश्वविद्यालयको प्राध्यापक जोन राल्सको पुस्तक ‘अ थ्यौरी अफ जस्टिस’ मा हड्ताललाई न्यायपूर्ण समाजको आधारभूत तत्त्वको रूपमा व्याख्या गरिएको छ ।

नागरिकले अन्यायमा परेको अनुभूति गरेमा शान्तिपूर्ण र इमान्दार तरिकाले कानूनको उलंघन गर्दै समाजमा न्यायको लागि अपिल गर्ने उनले उल्लेख गरेका छन्। राल्स यस्तो विरोधलाई सामाजिक सहमति र निष्पक्षताको अभिन्न अंग मान्दछन्।

एउटा पुस्ताको नागरिकको उल्लेख्य सहभागितामा भर्खरै सम्पन्न आन्दोलनको रापतापमा स्थापित सरकारलाई यतिबेला फागुन २१ मा निष्पक्ष चुनाव गराउनुपर्ने मात्रै ‘म्यान्डेट’ होइन। देशमा व्याप्त भ्रष्टाचार विरुद्ध नागरिकको आक्रोश चित्त बुझाउने गरी कार्य गर्नु पर्ने छ, तर यति बेलै देशको पूँजीबजारको नियामक निकायमा कर्मचारी राज्य विरुद्ध आन्दोलनमा उत्रिनु परेको छ। तर किन ? धेरैलाई वास्तविकता थाहा छैन । यो लेखमा म बोर्डमा भएकमो आन्दोलनको आवश्यकता र औचित्य प्रष्ट पार्ने प्रयास गर्नेछु।


 

देशको वित्तीय क्षेत्रका तीन नियामक निकायमध्ये एक नेपाल धितोपत्र बोर्ड, धितोपत्र कारोबार ऐन, २०४० लाई २०४९ मा संशोधन गरी सोही ऐन अन्तर्गत २०५० साल जेठमा स्थापित एक स्वसाशित संस्था हो । धितोपत्र कारोबार ऐन, २०४० लाई पछि धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ र धितोपत्र सम्बन्धी ऐन, २०६३ ले विस्थापित गरियो ।  

Wednesday, November 6, 2024

If I were a .... (A poem by Aaradhya Dhungana)

 

 


If I were a bird, 

I would fly around the world, 

Through trees, houses and mountains. 

 

 I would wander through the forest, 

enjoying the peace, 

clean air and green meadows. 

 

If I were a bird, 

I would fly anywhere I like and 

enjoy the freedom 

 

 Aaradhya Dhungana 

6th November 2024 

Sano Hattiban

Friday, March 18, 2022

Evidence on Presence of Adaptive Market Hypothesis in Nepal Stock Exchange

 

Saturday, January 1, 2022

Demand for Financial Service in Capital Market of Nepal

 


Tuesday, February 4, 2020

एक्सचेन्ज ट्रेडेड फण्ड (इटिएफ) एक चिनारी

क) अवधारणा

विकसित  धितोपत्र  बजारमा  एक्सचेन्ज  ट्रेडेड  फण्ड  (इटिएफ)  लाई  दोस्रो  बजारमा  कारोबार  हुने  गरी  नविन  लगानीको  उपकरणको  रुपमा  विकास  गरेको  पाइन्छ  ।  यसले  लगानी  योग्य  धितोपत्रहरुको  संग्रह  पोर्टफोलियो  (वा  बास्केट)  मा  भएको  सम्पूर्ण  धितोपत्रहरुको  सामूहिक  प्रतिनिधित्व गर्ने गर्दछ । इटिएफको केही बिशेषताहरु सामूहिक लगानी कोषसंग मिल्दोजुल्दो देखिन्छ तथापि सामूहिक लगानी कोष भन्दा इटिएफलाई अझ परिस्कृत अवधारणाको रुपमा लिने गरिन्छ । यो बन्दमुखी लगानी कोष झैं स्टक एक्सचेन्जमा सूचीकृत गरिएको हुन्छ भने खुल्लामुखी लगानी कोष झैं असिमित संख्यामा इकाइहरु जारी गर्न मिल्ने प्रकृतिको हुने गर्दछ ।
सामान्यतया इटिएफ कुनै सूचकांक(इन्डेक्स) मा आधारित रहेर बिभिन्न लगानी योग्य धितोपत्रहरुको समिश्रणबाट तयार पारिने लगानीको उपकरण हो । इटिएफ आफैले कुनै एक कम्पनीको धितोपत्र मात्रको प्रतिनिधित्व गर्दैन, यसले आफ्नो पोर्टफोलियोमा समाविष्ट सम्पूर्ण धितोपत्रको औसत मुल्य जनाउँदछ । जुन सामूहिक लगानी कोषमा भनिने खुद सम्पत्ति मूल्य (NAV) जस्तै हो । इन्डेक्समा आधारित रहेर तयार गरिएको फण्ड हुनाले यसलाई इण्डेक्स फण्ड पनि भन्ने गरिन्छ । यस्तो फण्ड प्यासिभ फण्ड (निष्कृय फण्ड) प्रकृतिको हुने गर्दछ जसको कारण यसको व्यवस्थापन खर्च उल्लेखनीय रुपमा कम हुन जान्छ । इटिएफलाई धितोपत्रको दोस्रो बजारमा सुचीकृत गरी निरन्तर कारोबारका लागि उपलब्ध गराइन्छ ।

Monday, September 2, 2019

An Analysis on Factors influencing on Stock Investment Decision: A Behavioural Finance Perspective

1. Background


Behavioural finance is regarded as an emerging discipline in finance, which is also rapidly expanding. The behavioural finance emerged in the 1980s as a new concept in finance which combines behavioural and psychological aspects of financial decision-making. It challenges the traditional finance to understand why investors behave in a particular manner while investing in financial assets. The standard finance or traditional finance is based on various theories and principle arbitrage principles of Miller & Modigliani; the portfolio principles of Markowitz; the capital asset pricing theory of Sharpe, Lintner & Black; and the option-pricing theory of Black, Scholes & Merton, these theories and principle assumes that market participant behaves rationally so the market is efficient and systematic. The investors are theoretically considered to be rational regarding the investment decision by traditional finance; in other words the mainstream finance believe that the investor assumes that the investment decision is made with rational expectation, furthermore, whenever a new information arrives the investor updates their belief and that is reflected through the investment decision which is to maximize their expected return at a given level of risk.

On the other hand, the behavioural finance incorporates behavioural biases and intellectual psychological component accompanied by economics and finance so that the viable supportive argument can be drawn for the irrational behaviour of people during the financial decision (Javed, Bagh, & Razzaq, 2017). DeBont's and Thaler's (1985) paper on stock market overreaction provides initial ground for behavioural finance. The behavioural finance deals with the human decision process which is subjective to the cognitive illusion which has been discussed by various scholars (e.g. - Illiashenko, 2017; Ritter, 2003).  According to Barberis and Thaler (2003), even though the investors are able to process all the available information accurately, not all the investor are rational, their investment related decision has behavioural preconceptions. Thaler (1994) coined the term 'quasi-rational' which indicate for much less than the full rational situation. In the word of Ritter, (2003) the behavioural finance believes in the asymmetric distribution of financial information. The investor’s decision to invest in a particular stock is an investment decision which is subject to several cognitive illusions, one among these illusions is caused by a heuristic decision process.

Saturday, August 31, 2019

वित्तीय लैङ्गिक समानता


विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक छिमेकी देश भारतको हालै सम्पन्न लोकसभाको चुनावमा १४.६ प्रतिशत महिला मात्रै चुनाव जितेर संसद्मा पुगेका छन् । २४ वर्षअगाडिको लोकसभा चुनावमा केवल ८ प्रतिशत महिलाले चुनाव जितेको तथ्यसँग तुलना गरेर हेर्दा हालको उपस्थिति राम्रो देखिएला, नीति–निर्माण तहमा महिलाको यो उपस्थिति ज्यादै न्यून हो । भारत मात्रै नभएर विश्वका अन्य मुलुकको अवस्था हेर्ने हो भने पनि खासै फरक दृश्य देखिँदैन । जापानमा अहिले पनि केवल १०.२ प्रतिशत महिला मात्रै त्यहाँको संसद् डायटमा प्रतिनिधित्व गर्छन् । संयुक्त राज्य अमेरिकामा २३.५ प्रतिशत मात्रै संसद सदस्य महिला छन् । वर्ल्ड इकोनोमिक फोरमले गत वर्ष प्रकाशन गरेको तथ्याङ्कअनुसार रुवान्डा, क्युवा र बोलिभियाको संसद्मा मात्रै महिलाको उपस्थिति पुरुषको भन्दा ज्यादा छ । विश्वभर नै नीति निर्माण र कानुन तर्जुमा गर्ने सर्वोच्च स्थानमा महिलाको सम्मानजनक उपस्थिति हुन सकेको देखिदैन । 

ओइसिडीले २०१२ मा प्रकाशन गरेको एक अध्ययन–प्रतिवेदनअनुसार अस्ट्रेलियामा महिलाहरूले दैनिक औसत रूपमा पाँच घण्टाभन्दा केही बढी समय ज्याला नपाउने काममा बिताउँछन् जबकि त्यहाँका पुरुषहरूले त्यस्तो काममा तीन घण्टाभन्दा कम समय बिताउँछन् । संयुक्त राज्य अमेरिकामै पुरुषले भन्दा महिलाले ज्याला नआउने काममा दैनिक करिब डेढ घण्टा ज्यादा समय बिताउँछन् । टर्कीमा यस्तो अन्तर महिलाले दैनिक ६ घण्टा बढी कार्य गर्ने गरी छ । ओइसिडीका विभिन्न सदस्य राष्ट्रमा गरिएको उक्त अध्ययनले सबै देशमा पैसा नआउने काममा महिलालाई बढी लगाइन्छ भन्ने निचोड निकालेको छ । 

Sunday, September 9, 2018

Hanoi, Vietnam

During this June, 2018 I had an opportunity to visit Hanoi, the capital city of Vietnam. It was a short trip to attend a training. In the meanwhile, I managed some time to get out of the Hotel and took these snaps. After the completion of training, we also went to Ha Long Bay, one of the UNESCO world heritage site.

Ha Long Bay, located in the Gulf of Tonkin, within Quang Ninh Province, in the northeast of Vietnam, is 165 km from the capital of Ha Noi. Covering an area of 43,400 ha and including over 1600 islands and islets, most of which are uninhabitated and unaffected by humans, it forms a spectacular seascape of limestone pillars and is an ideal model of a mature Karst landscape developed during a warm and wet tropical climate. The property’s exceptional scenic beauty is complemented by its great biological interest. 
Source https://whc.unesco.org/en/list/672


1. Express highway that connects Hanoi to the Noi Bai international airport, that's about 30 km apart. 

2. Architectural Design of a Bridge in the express highway between Hanoi and Noi Bai

Monday, June 18, 2018

Credit Derivative: An Introduction



Abstract
Almost all of the financial instrument are inherent with credit risk, which is exposed if the borrower is unable to meet the financial obligation on time. To minimize such credit risk financial institution go thoroughly to the credit worthiness of the borrower, which is a traditional way to minimize the potential risk by avoiding it. The modern evolution of financial market have developed sophisticated instrument and techniques to minimize credit risk. One of them is credit derivative, these instrument helps to segregate the credit risk from the underlying assets and makes the credit risk tradeable. The first part of the article is focused on the introduction, development and advantage of credit derivative. The second part analyze the various types of credit derivative instrument as modern technique for managing potential credit risk. Finally some of the risk associated with the credit derivative instrument have been analyzed on the third part to give the basic outlook on the various instrument of sophisticated credit risk management instrument of advance Derivative and Commodities market.
Keyword: Credit Risk, Credit Derivative, Credit Default Swap, Total Return Swap, Assets Swap, Credit Linked Note
Introduction
Credit Derivative indicates the instrument or technique that helps to separate and transfer one of the major risk of traditional finance; that is credit risk. Credit risk is associated with the obligation, it arises when the pre-determined obligation with financial instrument is not fulfilled on time. This indicates the counter party default on promised obligation. Derivative products or Instrument created on this credit risk is credit derivative product, they were first purposed in 1992 at Conference of International Swap and Derivative Association (ISAD). A credit derivative consist privately held negotiable contract that allows users to manage their exposure to credit risk related to an underlying entity from one party to another without the actual transference of underlying entity. Credit derivative also enables stripping the credit risk of a security from its other risk. Credit derivative are the over the counter (OTC) product and hence can be tailored to the user specification.

Friday, May 4, 2018

Asian College, Jawalakhel 4th Year Batch, 2074

This photo was taken after the Viva of research project of BBS 4th year student of Asian College, Jawalakhel, Batch 2074.

Sunday, April 15, 2018

सामूहिक लगानी कोषको विकल्प : एक्सचेन्ज ट्रेडेड फन्ड

सामूहिक लगानी कोष र नेपालको अवस्था
व्यक्तिगत वा संस्थागत लगानीकर्ताबाट लगानी योग्य रकम संकलन गरेर दक्ष व्यक्तिहरुबाट उक्त रकमलाई पूँजीबजार र मुद्राबजारका विभिन्न उपकरणहरुमा लगानी विविधिकरणको सिद्धान्त अनुरुप लगानी गर्ने गरी तयार पारिएको लगानी कोष एकांक कोष आदिलाई सामूहिक लगानी कोष भनिन्छ । नेपालको धितोपत्र सम्बन्धी ऐन २०६३ मा सामूहिक लगानी कोष संचालनका लागि योजना व्यवस्थापक आवश्यक पर्ने र उक्त योजना व्यवस्थापकले सामूहिक लगानी कोष संचालनका लागि धितोपत्र बोर्डसंग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । योजना व्यवस्थापकको योग्यता, कोष सुपरीवेक्षकको योग्यताको सम्बन्धमा सामूहिक लगानी कोष नियमावली २०६७ मा व्यवस्था गरेको पाइन्छ । उक्त व्यवस्थाले सामान्य लगानीकर्ताको लगानी योग्य रकम पूँजीबजारको क्षेत्रको जानकार विज्ञ व्यक्तिको हातमा मात्रै पुराउने कुराको प्रत्याभुत गर्दछ । नियमावलीमा भएको लगानी सम्बन्धी व्यवस्था र लगानीको सिमा सम्बन्धी व्यवस्थाका कारण सामूहिक लगानी कोषको रकम लगानी गर्दा लगानी विविधिकरण गर्ने पर्ने कुराको पनि प्रत्याभुत गर्दछ ।
विकसित पूँजीबजारमा खुलामुखी (ओपन इन्डेड), बन्दमुखी (क्लोज इन्डेड) लगानी कोष, एकांक कोष लगायतका सबै खाले सामूहिक लगानी कोष संचालनमा रहेको देखिएता पनि नेपालमा बन्दमुखी योजनाहरु मात्रै प्रचलनमा रहेको देखिन्छ । नामको हिसाबले व्यालेन्स फण्ड, हाइब्रिड फण्ड जस्ता नाममा सामूहिक लगानी कोषका योजनाहरु संचालन भएता पनि ति सबैको लगानी प्रकृति हेर्दा तात्विक भिन्नता नरहेको देखिन्छ । सरकारी तथा संस्थागत ऋणपत्रहरुको विकास हुन नसक्दा बण्ड फण्डहरु संचालन हुन सकेका छैनन् ।
एक्सचेन्ज ट्रेडेड फण्डको अवधारणा
विश्वमा सन् १९९०को दशकबाट प्रचलनमा आएको एक्सचेन्ज ट्रेडेड फण्ड (इटिएफ) को प्रयोग पछिल्लो समय धितोपत्र बजारमा व्यापक रुपमा हुदै गएको पाइन्छ । एक्सचेन्ज ट्रेडेड फण्ड अर्थात इटिएफ धितोपत्रको दोस्रो बजारमा कारोबार हुने शेयर जस्तै प्रकृतिको सामान्य लगानीको उपकरण हो, जसको केही बिशेषताहरु सामूहिक लगानी कोषसंग मिल्दोजुल्दो देखिन्छ । सामान्यतया कुनै इन्डेक्समा आधारित रहेर बिभिन्न लगानी योग्य धितोपत्रहरुको समिश्रणबाट तयार पारिने लगानीको उपकरण इटिएफ हो । इटिएफ आफैले कुनै एक कम्पनीको धितोपत्र मात्रको प्रतिनिधित्व गर्दैन, यसले आप्mनो पोर्टफोलियोमा समाविष्ट सम्पूर्ण धितोपत्रको औषत मुल्य जनाउदछ । जुन सामूहिक लगानी कोषमा भनिने खुद सम्पत्ती मुल्य (NAV) जस्तै हो । इन्डेक्समा आधारित रहेर तयार गरिएको फण्ड हुनाले यसलाई इण्डेक्स फण्ड पनि भन्ने गरिन्छ । इन्डेक्स फण्ड, प्यासिभ फण्ड (निष्कृय फण्ड) प्रकृतिको हुने गर्दछ, जसको कारण यसको व्यवस्थापन खर्च उल्लेखनिय रुपमा कम हुन जान्छ । इटिएफलाई धितोपत्रको दास्रो बजारमा सुचिकृत गरी निरन्तर कारोबारका लागि उपलब्ध गराइन्छ । यसर्थ इटिएफलाई सामूहिक लगानी कोषको परिष्कृत अवधारणको रुपमा व्यख्या गर्ने गरेको पनि पाइन्छ ।

Friday, March 10, 2017

शेयर लिलामीमा लगानीकर्ताले ध्यान दिनुपर्ने कुराहरु



हालैका दिनमा दैनिक जसो पत्रपत्रिकामा शेयर लिलामीका सुचनाहरु प्रकाशित भैराखेका हुन्छन् । पछिल्लो समय कृषी विकास बैंकको हकप्रद निष्काशनको क्रममा नबिकेका झण्डै २० लाख कित्ता शेयर लिलामीको सुचना आएको थियो ।  जसमा सामान्य लिलामीको प्रकृयामा भन्दा अधिक आवेदन परेको तथ्यहरु बाहिर आएका थिए । विगतकम जस्तो केही सय वा हजारको संख्यामा पर्ने गरेको आवेदनको सिमा नाघेर करिब एघार हजार भन्दा बढी लगानीकर्ताले आवेदन पेश गरेका थिए । जब लिलामीको बाँडफाँटको नतिजा प्रकाशित भयो र आवेदनको क्रममा परेको अधिकतम रकमको बारेमा जानकारी बाहिर आयो, उक्त आंकडाले बजार तरङ्गित भएको थियो ।

धितोपत्रको दोस्रो बजारमा समान्य अवश्थामा नै रु ४३५ को हाराहारीमा उपलब्ध शेयर लिलामीमा रु ६०१ मा सकार्नु अनौठो कुरा थियो । सामाजिक संजालहरुमा यस विषयमा अनेक टिका टिप्पणीहरु देख्न सकिन्थ्यो । सस्तोमा खरिद गर्ने र महंगोमा बिक्री गर्ने लगानीको सामान्य सिद्धान्त विपरित बजार मुल्य भन्दा निक्कै माथी गएर महंगोमा खरिद गर्नु र खरिद गरेकै दिनबाट निक्कै ठूलो घाटा बेहार्नु बुद्धिमतापूर्ण लगानीको निर्णय हुनै सक्दैन । कृषी विकास बैंकको हकप्रद लिलामी त एक प्रतिनिधि घटना मात्रै हो, विगतमा अन्य संगठित संस्थाका शेयर लिलामीमा समेत यस्तै प्रकृतीका बोलकबोल अक्सर देख्न सकिन्थ्यो ।

संगठित संस्थाको हकप्रद बिक्री गर्दा तोकिएको समय भित्र हकबाला शेयरधनीले शेयर खरिद नगरेमा वा खरिद गर्न नचाहेमा बाँकी रहन गएको शेयर धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २० मा उल्लेख गरिए अनुसार त्यसरी बाँकी रहन गएको शेयर लिलाम, बोलकबोल प्रणाली अन्तरगत निष्पक्ष रुपमा बिक्री विवतरण गर्नुपर्ने हुन्छ । लगानीकर्ताले हकप्रद मार्फत नबिकेका शेयर लिलामीमा सकार्नु अघि विविध कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ, जसको चर्चा यहाँ गर्न खोजिएको छः