Monday, July 12, 2010

गजल; अजय ढुंगाना

एकै छाता मुनी बिताएको त्यो बर्षात कहाँ होला?
लड्न खोज्दा समाउने तिमो हात कहाँ होला?

म आज एक्लै छु तिमै सम्झनामा वसिरहेछु,
भोली संगै बिताउने तिमो साथ कहाँ होला?

भन्छन् मलाई म बाँचिरहेछु उनकै निम्ती आज यहाँ,
फर्केर आउने हामो मिलनको प्रभात कहाँ होला?

स्मृतीमा तिमो तस्विर सजिव हुन्छ मनको ऐनामा,
मदहोशी तिमो अधर, स्नेही ति वात कहाँ होला?

सम्झनाको बाढी आँउछ, आज एक्लै हुदा यहाँ,
नजरसँग नजर जुधाएको त्यो रात कहाँ होला?

तस्विर तिमो क्यानभासमा कोर्दै तिमै प्रतिक्षामा छु,
भेट हुदा तिमीलाई दिने मायाको सौगात कहाँ होला?

ग़ज़ल.....(अपूरो)

म सोच्दिन यो समयलाई तिमि मेरो साथ हुदा,
मायाको सागर तर्नका लागि समाउने हात हुदा,
सजिन्छान आखामा सपनाहरु बयेली खेल्दै बतासमा,
प्रेमका कल्पनाहरुको मनमा मेरो खात हुदा,
नसोध म कुन यथार्थमा ढलेर पिउदैछु,
आफ्नै आखा आफैसंग छलेर पिउदैछु,
छैन भन्छयौ माया, बिर्सदै त्यो अतित,
तर तिम्रो मायाको नशाले गलेर पिउदैछु,
तड़पिदै छु पल पल, तिम्रै मायामा हर पल,
जलायै तिमीले मलाई हो म जलेर पिउदैछु,
मायाको ज्योति जगाउन दियो बालेथे मैले,
घरै जलायो तेस्ले तेसैमा बलेर पिउदैछु,

Thursday, April 15, 2010

kavita

बाटो

आज बाटोमा रथ दौडदैनन्,
बाटोमा हिडेका,
घोडाको टापको आवाज,
अंह सुनिदैनन्,
हिजो र आजमा,
फरक देख्दैछु म,
हिजो बाटोमा रथ दैड्दा,
केवल घोडाको टापको आवाज हुन्थे,
मान्छेहरु चुपचाप हुन्थे,
मौन हुन्थे बोट अनि विरुवाहरु,
शान्त रहन्थे आकाश र बादल,
यो हिजोको कथा,
तर आज बाटोमा रथ दौडदैनन्,
सुनिदैनन् घोडाको टापको आवाज,
बाटो चर्किएको पनि छैन,
र बाटो भत्किएको पनि हैन,
आज बाटोले,
मुन्टो बांगिएका जंगबहादुरहरुको,
सवारीको इजाजत,
खारेज गरिदिएको छ,
आज बाटोमा मान्छेहरु छन्,
केवल मान्छेहरु,
तर चुपचाप छैनन् मान्छेहरु,
लगाइरहेछन् नारा,
जंगबहादुर मुर्दावाद,
मुर्दावाद मुर्दावाद,
नियालिरहेछन् परिवर्तनलाई,
बोट अनि विरुवाहरु,
स्वागत गरिरहेछन्,
आकाश अनि बादलहरु,
आज बाटो जनताको भइको छ,
जनताको पैतालाले,
बाटाको अगं अगं,
फेरि एकपटक पवित्र भएकोछ ।

अजय ढुंगाना