Monday, July 12, 2010

गजल; अजय ढुंगाना

एकै छाता मुनी बिताएको त्यो बर्षात कहाँ होला?
लड्न खोज्दा समाउने तिमो हात कहाँ होला?

म आज एक्लै छु तिमै सम्झनामा वसिरहेछु,
भोली संगै बिताउने तिमो साथ कहाँ होला?

भन्छन् मलाई म बाँचिरहेछु उनकै निम्ती आज यहाँ,
फर्केर आउने हामो मिलनको प्रभात कहाँ होला?

स्मृतीमा तिमो तस्विर सजिव हुन्छ मनको ऐनामा,
मदहोशी तिमो अधर, स्नेही ति वात कहाँ होला?

सम्झनाको बाढी आँउछ, आज एक्लै हुदा यहाँ,
नजरसँग नजर जुधाएको त्यो रात कहाँ होला?

तस्विर तिमो क्यानभासमा कोर्दै तिमै प्रतिक्षामा छु,
भेट हुदा तिमीलाई दिने मायाको सौगात कहाँ होला?

No comments: