Monday, July 12, 2010

गजल; अजय ढुंगाना

एक पल मिठो सपनाको त्यही देऊ तिमी मलाई,
एक फूल तिमो सम्झनाको त्यही देऊ तिमी मलाई,

मायाको आशामा हराउने निश्छल त्यो तिमो मन,
एक भाग तिमो प्रार्थनाको त्यही देऊ तिमी मलाई,

मायामा विश्वास हुन्छ केही गर्ने सहास बढ्दै जान्छ,
त्यसैले शब्द ति शुभकामनाको त्यही देऊ तिमी मलाई,

मनको क्यानभासमा तिमीले कोरेको अनुपम त्यो चित्र,
तस्बिर त्यो तिमो रचनाको त्यही देऊ तिमी मलाई,

म मायामा हराँउदै छु जिउन चहान्छु तिमो साथ,
निश्छल प्यार रञ्जनाको त्यही देऊ तिमी मलाई,

अजय ढुंगाना

No comments: