Saturday, January 1, 2011

गजल; ललिजन रावल

              गजल
शीतको थोपा उडिगयो, बिहानीका धामसँगै
मेरो नाउँ जोडिएला, फेरि तिम्रो नामसँगै ।
बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो
फुलेका ती फूलहरु, झरिगए यामसँगै ।
मलाई कायल बनाइसके, रोइ रोइ यी आँखाले
तिमीलाई खोज्ने आँखा पठाउँ कि खामसँगै ।
जिन्दगीको एउटै पङ्ति, धेरै लामो हुँदोरैछ
रोकिदिउँकि आफैलाई, एउटा पूर्णविराम सँगै ।
हुलबाटै टाढा हुन मन लाग्छ कैलेकाहीँ
तरै लाग्नुपर्दो रैछ, मानिसका लामसँगै।

ललिजन रावल

No comments: