Thursday, January 6, 2011

गजल (१०७); अजय ढुंगाना

गजल

हर रात सिरानी भिजाउछु सजनी,
तिम्रै माया मनमा सजाउछु सजनी,

प्रिय बन्न खोज्छु आफन्तको विचमा,
तैपनि किन काडाँ झैँ विझाउछु सजनी,

सम्झना मात्र तिम्रो हरपल मनमा,
माया न हो मन भरि फिजाउछु सजनी,

भिजेको हुन्छु म तिम्रै मायामा केवल,
प्रेम बर्षातमा सधै रुझाउछु सजनी,

स्मृतीको आकृती मनको क्यानभासमा,
तिम्रै माया सजाउदै हराउछु सजनी,

                          अजय ढुंगाना

No comments: