Monday, August 29, 2011

लण्डन थेम्स फेस्टिबल र नेपाल


लण्डन थेम्स फेस्टिबल र नेपाल

बेलायतसंग नेपालको पुरानो र बेग्लै किसिमको सम्बन्ध छ; जुन चाहे जंगबहादुरले नै लेख्न शुरु नगरेको किन नहोस?? नेपाललीहरुले पनि बेलायत प्रति राख्ने धारणा भिन्दै छ; आज बेलायतमा नेपालीहरुको आवादी बाक्लै भै सकेको छ; गुर्खा सैनिकले बसाएको बस्ति मात्रै होइन यहाँ सबै ठाउँ, जात र धर्मका नेपालीहरु भेटिन्छन |

प्रसङ्ग आज बेलायतमा रहेका नेपालीहरुको बारेमा होइन; प्रसङ्ग अंग्रेजले नेपाल प्रति राख्ने सम्मानको एउटा सानो किस्सा हो | संयोगले अस्ति शुक्रबार टावर ब्रिज पुगेको थिए; त्यहा चलिरहेको रहेछ थेम्स फेस्टिबल | लण्डन थेम्स फेस्टिबल लण्डन ब्रिज र टावर हिल ब्रिजको बीचमा र टावर हिल ब्रिजबाट देब्रे पट्टि चलीरहेको रहेछ; यो उत्सबका बारेमा धेरै कुरा मलाई जानकारी रहेन; तर यही उत्सबको एक हिस्सा दोश्रो विश्व युद्धमा प्रयोग गरिएको एक पानीजहाज जसलाई आजभोली संग्रालयका रुपमा बिकाश गरिएको छ; त्यो जहाजलाई दुलही जस्तै गरि सजाइएको थियो |  त्यो संग्रालय पहिले नै घुमीसकेको हुनाले फेरी भित्र जाने रहर चलेन त्यसैले लण्डन ब्रिजबाट टावर हिल ब्रिज तिर अगाडि बढे; बादलले घामसंग लुकामारी खेल्दै थियो; बिच-बिचमा पानी सिम सिम पर्दै थियो | केही अगाडि बढे पछि देखे त्यो उत्सबमा फोटो प्रदर्शनी पनि गरिएको रहेछ; त्यहाँ रहेका केही तस्विरमा पुगेर मेरा आखा टक्क अडियो | ति तस्विरहरु थिए, नेपालको नेवारी परम्परा अनुसार गरिने बिबाहका दृश्यहरु | लण्डनको एक मुख्य पर्यटकीय केन्द्रको छेउमा नेपाली सस्कृतिका केही तस्विरहरु सजाएर राखीएको देख्दा मनमा छुट्टै किसिमको आनन्द छायो, तरङ्गले भरियो |

केही कुराहरु सम्झन योग्य लाग्यो र सम्झिने कोशिश गरे, केही तस्विरहरु जिबन्त लाग्यो र क्यामरामा सजाउने प्रयत्न गरे | कति असफल भए थाहा छैन, तर थोरै सफल चै पक्कै भए; केही तस्विरहरु तपाईसंग बाड़दै छु | यी अंग्रेजले सजाएरराखेका तस्विरहरुको तस्विर हुन् | त्यहाँ स्विडेन; अमेरिका; इथियोपिया; रसिया, द. अफ्रिका लगायतका देशहरुको सस्कृति झल्काउने तस्विर हरु थिए |
फोटो फिचर 


                                                        थेम्स फेस्टिबल र टावर हिल ब्रिज 



नेवार परम्परा अनुसारको बिबाहका बारेमा राखिएका तस्विर हेर्दै एक युवती


                                            चौथो तस्विरमा तस्विरका बारेमा गरिएको बर्णन





नेवार परम्परा अनुसारको बिबाहका बारेमा राखिएका ४ तस्विरहरु हेर्दै





                                      नेवार परम्परा अनुसारको बिबाहका बारेमा राखिएका ४ तस्विरहरु



                                                          पार्श्वमा देखिएको टावर हिल ब्रिज



                                         दोश्रो विश्व युद्धमा प्रयोग गरिएको एक पानीजहाज 


                                                   पार्श्वमा देखिएको लण्डनको दृश्य




अजय ढुंगाना
लण्डन

No comments: