Wednesday, January 11, 2012

दुर्गम मुस्तांगका केही मनमोहक तस्विरहरु

Few delightful portrait of remote Nepal, Mustang.
दुर्गम मुस्तांगका केही मनमोहक तस्विरहरु

Mustang; A hidden kingdom भनेर अलजजिरा टेलिभिजनले आफ्नो वेवसाइटमा लेखेको छ | कुरोको चुरो बुझ्दै जाँदा पश्चिम नेपालका केही जिल्लामा अवशेषका रुपमा रहेको रजौटा प्रथालाई भन्न खोजेको रहेछ | अनि जिग्मे पल्बर बिष्ट अहिले मुस्तांगको राजा रहेछन | तर उनि नै मुस्तांगका अन्तिम राजा हुन् | नेपाल सरकारले सन् २००८ मा रजौटा प्रथालाई खारेज गरे पछि अब उप्रान्त मुस्तांगमा कोही राजा हुन पाउने छैन | बौद्ध धर्मावलम्बी बिष्ट १२औ शताब्दीमा स्थापित मुस्तांग राज्यको अन्तिम राजा हुने भएका छन् | अति नै बिकट उपल्लो मुस्तांग पुरै नेपालबाट भन्दा तिब्बतबाट बढी प्रभावित छ |


अल जजिरा टेलिभिजनले आफ्नो वेव साइटमा राखेको तस्विरहरुमा प्राकृतिक सुन्दरताले भरिएका मनमोहक दृश्यहरु छन् | तर ति प्राकृतिक सुन्दरताका पछाडी भौगोलिक विकटताका कारण उत्पन्न समस्याहरु मुस्तांगका अर्का पाटाहरु हुन् | आजको ब्लगको सामग्री हामीले यही मुस्तांगका केही तस्विरहरुलाई बनाएका छौ | यी सबै तस्विरहरु अल जजिरा टेलिभिजनको वेव साइटबाट लिइएको हो | 










































                                                                        Thank You.

1 comment:

Sekhar939 said...

अति सुन्दर मुस्ताङ । धन्यबाद ।