Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Sunday, December 30, 2012

जेपीटी कथा अंक १

जेपीटी कथा अंक १

चिकेन बारबीक्यु पिज्जा टोक्दै थिए, अकस्मात फोनको घन्टी बज्यो |
                   -----------------0-----------------------
कथाको सुत्रधार म नै हूँ र एउटा प्रमुख पात्र पनि, बीचबीचमा अड्मिल्दा कुरा गर्ने र अनपेक्षित गति लिन खोज्ने पनि मै हूँ |
                                   -----------------0-----------------------
ओहो!! फोन उठाउन ढिला भैसक्यो | स्टिभ जब्सको उत्पादनमा उनले ठिक ठानेको डिफल्ट धुन कोठा भरि बहकिदै थियो, फोन गर्नेका अंक नयाँ थिए | एकछिन है | अंकहरु नयाँ हुन सक्दैनन् कि भन्ने कुरा झट्ट माइन्डमा स्ट्राइक गर्यो | अंकहरु नयाँ त कसरि हुन सक्छन र नि, यी अंकहरु यही क्रममा फोनको कुनै कुनामा सुरक्षित गरिएका थिएनन त्यो बेग्लै कुरा, त्यति नहुदैमा ति अंकहरु नयाँ हुन सक्दैनन् नौला होलान बरु | सोच्दा सोच्दै त्यो डिफल्ट धुन टुंगियो, कोठामा पुरानै सन्नाटा छायो | तर त्यो केहि सेकेन्डका लागि मात्र थिए | फेरी उही अंकहरु त्यहि क्रमबद्दतामा दोहोरिएर देखा परे मोबाइलको स्क्रिनमा | यो पटक भने त्यो धुन सक्किनु भन्दा अघि नै फोन उठाए र भने "हेल्लो"
उताबाट आवाज आयो-"ओहो!! अजय, कति बेर लागेको फोन उठाउन ?"
उताबाट नामै किटेर प्रश्न तेर्सियो | तर आवाज चिनिहाले त्यो सक्षमको आवाज थियो |

Friday, February 10, 2012

यथार्थ (लघुकथा); अजय ढुंगाना


Reality, A nepali Short story
यथार्थ


गुगललाई त के मतलब, उ त सर्च गरे पछि केही न केही रिजल्ट देखाइदिन्छ | गुगलको मात्रै विश्वास गरेर हुन्छ त ? यति भनेर उ गयो |

म मनमनै सोच्दै भए, मलाई के थाहा त ? मैले त उसले दिएको नाम टाइप गरे अनि गुगलमा इमेज सर्च गरे, जे आयो मैले त्यै टपक्क टिपे | 

मलाई के थाहा त त्यो  गलत रिजल्ट हो भनेर ?

त्यो गलत रिजल्ट हो भन्ने थाहा पाएको भए म त्यही रिजल्ट किन छान्थे होला र ??

Thursday, January 19, 2012

बजेट (एक सुत्र कथा); अजय ढुंगाना


बजेट

परार साल 
साइला बाले दिन भरी लाएर टि.भी.बाटै बजेट सुने, भोलिपल्ट बिहानै पत्रिका किन्न पुगे, दिनभरी पत्रिकामा बजेट नै पढेर बसे |

पोहोर साल
साइला बाले रेडियोबाट बजेट सुने, यो पटक अर्थमन्त्रि कस्ता थिए देखेनन्, भोलिपल्ट पत्रिका पनि किनेनन् |

Tuesday, November 23, 2010

जल्दो मैनवत्ति (लघुकथा); अजय ढुंगाना

जल्दो मैनवत्ति (लघुकथा)

धेरै दिन पछी, म आज यहाँ आएको परिवर्तनलाई अनुभुत गर्न खोज्दै थिए । म, मेरो बिगत र वर्तमानलाई आज एक साथ नियाल्न खोज्दै थिए । मेरो बिगत र मेरो जिन्दगीको परिभाषालाई परिवर्तन गरिदिए झै लाग्छ, मेरो वर्तमानले । म आखा चिम्लिएर ति दिनहरुलाई बिर्षन खोज्थे, तर अपशोच म आफ्नो बिगतबाट टाढा भाग्नै सक्दिनथे ।

खुल्ला आकाशमा अल्झिएका एक दुइ टुक्रा वादललाई नियाल्दै म सोचिरहेछु स मेरो हातमा मैले बुन्दै गरेको निलो रंगको स्विटर छ । मलाई निलो रंग मनपरेको छैन र पनि धागो बदल्नलाई यहाँ आएको परिवर्तन सामर्थ्यवान् छैन ।

विस्तारै साँझ ढल्न खोज्दै थियो, परबाट आएको घोडाको टापको आवाज मेरो आँगनीमा आएर रोकियो । आज निक्कै दिन पछी यो क्रम दोहोरिएको थियो । मैले झयालबाट तल हेरं, मेरो मुहारमा निशब्धता, मौनता र शान्त मुस्कान एकै साथ छायो । आज पनि रात काट्नलाई मैनवत्ति बाल्नुपर्ने थियो, सायद त्यसैले त्यही रित दोहोरियो, त्यही द्घन्द चर्कियो ऊ र म बिच, जुन मैले बिगतमा कयै पटक भोगेको छु, अन्ततः आफ्नो हार उसैलाई र्समर्पण गरेको छु । शान्त, सुभ्र, स्निग्ध मैनवत्ति जलिरहेछ तर अवाक भएर मलाई हेरिरहेछ ।

मैले मनमनै महसुस गरं स्विटर बुन्नलाई अब धागो बदल्न त सकिएला तर यहाँ आएको परिवर्तन मेरो जिन्दगीको परिभाषालाई बदल्न अंह, सामर्थ्यवान् रहेनछ । मैनवत्ति जलिरहेथ्यो बिस्तारै त्यसका शिखाहरु, मैनवत्तिको टुप्पोबाट तल झरिरहेथे तप्प, तप्प.......

अजय ढुंगाना

मा २००७/०५/०२ मा प्रकाशित