सर्कस
Circus (A poem)
एउटा सर्कसको कुरा,
एउटा जीवनको कुरा,
खोतल्दै जाँदा,
भारतबर्षको एउटा इतिहास |
जीवन चलेकै छ सर्कसमा,
हात्तीको पनि मान्छेको पनि,
माउतेको पनि, मालिकको पनि,
तर एउटा भद्दा जीवन,
र जीवनशैली देख्दा,
कयौ बाल श्रमिक,
घुटुक्क थुक निल्छन,
सर्कसमा बिग्रिएर लड्दा,
मर्किएको खुट्टा सम्झन्छन |
सर्कस निष्ठुर छ,
हात्तीलाई बाँदरलाई र श्रमिकलाई,
कडा मेहनत,
शुन्य बराबरको फल |
मालिक ज्वरो आयो,
एउटा बिचार आवाज,
सुन्दैन मालिकले,
आवाज सर्कसमा ढल्छ,
हतार हतार,
पर्दा लाग्छ सर्कसको,
यो रीत हो,
आजकल दर्शकले पनि,
छोडीसके फिर्ता माग्न,
टिकटको पैसा |
यसरि नै सर्कस चलिरहेछ,
फेसबुक र टुइटर भन्दा पर,
बर्षौ देखी,
भारतबर्षमा इतिहास बोकेर |
त्यसैले त,
एउटा सर्कसको कुरा हुदा,
त्यहाँ जीवनको कुरा हुदैन,
चाहे हात्तीको वा मान्छेको,
अंह त्यहाँ जीवनको कुरा हुदैन ||
अजय ढुंगाना
मार्च ११, २०१२ लण्डन
फोटो स्रोत: गुगल
No comments:
Post a Comment