यू के बाट "गाउँमा किताव" [Book For Village] अभियानको लागि रू. ७२,५९७ [£ 534.59] संकलन
This post was taken from www.nawangchophel.com
Chick here to view original source.
This post has been added here to spread this campaign [Book for Village]
सामाजिक संजाल बाट शुरु भएको एक बिशुद्द स्वंयमसेवी अभियान "गाउँमा किताव" [Book for Village] अभियान, नेपाल को लागि अहिले सम्म यू के बाट रू. ७२,५९७ [£५३४.५९] जम्मा गरि नेपालका अभियानकर्मीहरुलाई हस्तान्तरण गरि सकेको कुरा सबैलाई जानकारी गराउन चाहन्छु । यहि गत शनिवार १२ मे, २०१२ को दिन आइ. एम. इ. मार्फत नेपाल पैशा पठाएको र विनिमय दर १३५.८० रहेको थियो । पहिलो चरणमा गाउँमा किताव अभियान अन्तर्गत सुर्योदय मावि सरिखेत, मकवानपुर, मेहन्द्र निम्न माध्यमिक विधालय बबियाबिर्ता मंगलबारे, मोरङ, सिद्देश्वोर उच्च माध्यमिक विधालय नलाङ, धादिङ र नेपाल राष्ट्रीय सामुदायिक उच्च माध्यमिक विधालय जर्बुटा, सुर्खेत गरि जम्मा ४ वटा विधालयहरुमा पुस्तकालय स्थापना गर्ने निर्णय भएको छ । यू के बाट मलाई बिश्वास गरि सहयोग गर्नु हुने सम्पूर्ण साथी र महानुभावहरुलाई धेरै धेरै धन्यवाद । नेपाल बाट गाउँमा किताव अभियानको प्रगति विवरण प्राप्त गरि तपाईहरु सबैलाई जानकारी गराउने नै छु ।
नेपालमा रहनु भएका अभियानकर्मीहरुले तिब्र रुपमा धेरै भन्दा धेरै कितावहरु संकलन गरि रहनु भएको छ । हामी देश बिदेशमा रहेका सबैले आफ्नो फुर्सदको समयलाई मात्र यस अभियानको लागि सदुपयोग गर्न सकियो भने यस अभियानले बृहत रुप लिने छ र विभिन्न गाउँमा रहेक हजारौ बाल बच्चाहरुको भबिष्य उज्जल हुनेछ ।
नेपाल बाट यस गाउँमा किताव अभियानलाई शुरुवात गरि सफल पार्नको लागि मिहेनत गरि रहनु भएका मित्रहरु प्रकाश लामिछाने (बाबाजी), बिष्णु खत्री (बिष्णु दाई), बिनय गुरागाई (बिनय शेखर), हरि न्यौपाने (काका बा), सुधा सुबेदी, उर्मिला थपलिया, मुना चापागाईं, जनक राज नेपाली, इश्वोर काफ्ले, अनन्त कोईराला साथै अन्य प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबै साथीहरुलाई मुरी मुरी धन्यवाद ।