Saturday, May 5, 2012

अनौठो यात्रा, अनौठो उडान (कविता); अजय ढुंगाना


अनौठो यात्रा, अनौठो उडान

एउटा अनौठो यात्रा,
एउटा अनौठो उडान,
जिन्दगीका कर्कश रेखाहरु,
सधै कर्कशिला नहुदा रहेछन,
त्यसैले त एउटा अनौठो यात्रा,
अनौठो उडान |

शुभ प्रभात,
रंगको लालिमा,
फुस्स उड्दा,
तिमी गजल कोर्छौ,
प्रडायामका महत्व सम्झन्छौ,
म त्यहि बिहान,
बेलुकीको बाँकी ह्विस्की,
तुन्क्याउछु,
कफीका बट्टाहरु,
किचनका अल्मारीबाट,
गलल्ल हाँस्छन,
म अनौठो यात्राको,
उडानको प्रतिक्षामा छु |

फेसबुकका भित्ताहरु,
नोटिफिकेशनका पर्खाईमा छन्,
आइपिएल र प्रिमेरा लिगाले,
टुइटर रंगिएको छ,
डिजिटल छापिएका खबर कागजमा,
अफगानस्थानका लाश,
गनिएका छन,
रिसेसन, बबल, क्लाइमेट चेन्ज,
ग्रीस, ग्यालेक्सी नोट र लेडी गागा
थ्री डी, चाइना र ओबामा
सदाबहार ट्रेन्ड भै रहेका छन्,
यी सबका बेफिक्री,
म अनौठो यात्रामा छु,
अनौठो उडानमा छु

रंगहरु उडानसंग,
सम्बन्ध राख्दैनन्,
न त अस्ताउन लागेको सुर्य नै,
बर्षौ देखि,
मेरो बिहान,
बिहान हुन छोडेको छ,
रात, रात हुन छोडेका छन्,
कफी पिउने समयहरु,
बदलिन थालेका छन्,
ह्विस्कीका नशाहरु,
मन जलाउन छोडेका छन्,
हो, त्यसैले त,
प्रडायम, युग पुरानो सम्झना,
गजल, त्यो अर्कै दन्त्य कथा,
यो डिजिटलले जितेको समय,
इस्वी सम्बत २१०० ,
आज दसकौ पछि,
म पहिलो पटक सुत्दै छु,
हो अनौठो यात्रा,
अनौठो उडान |

अजय ढुंगाना
Photo source: http://cute-pictures.blogspot.co.uk

1 comment:

anubha said...

  beautiful..