Tuesday, June 26, 2012

घैंटोभित्र वटवृक्ष (कविता) भूपी शेरचन


घैंटोभित्र वटवृक्ष

साँघुरो घैटोभित्र माटो जमाएर
उमारिएको वटवृक्षझै
मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ
र म ओइलाएँ
आफ्नो वरिपरि निस्सासिदो पर्खाल पाएर
अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका
आफ्ना पाँच ओटा औंलाहरु पट्याएँ
प्रकाशनको खोजीमा दगुरेका
आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्र्काएँ
र आज म आफ्नै मुट्ठीभित्र बन्द छु
आफ्नै कठोरताभित्र कैद छु
तर कुनै दिन
तिमीले चिन्न सके आफुभित्रको बतासलाई
र प्रकाशलाई तिमीले
जान्नेछौ कि बाहिरबाट जतिसुकै
कठोर भए पनि भित्र–भित्रै
म कोमल छु
यो बन्द मुट्ठीभित्र हत्केलाझैँ !





भूपी शेरचन 
घुम्ने मेच माथि अन्धो मान्छे कविता संग्रहबाट 

No comments: