Thursday, July 19, 2012

पाँच हाइकुहरु



पाँच हाइकुहरु 

शिर्षक: जिन्दगी

1
त्यो मिठो धुन
सुनिदैन नि केही
मिठो मायाको |

2
घाम छाँयाको
मूल्य खोजिरहेछु
रोजी रोटीमा |



3
मिठो कल्पना
खरानी भएकोछ
परदेशमा |

4
यात्रा रहेछ,
मसानघाट सम्म
पर्खनै पर्ने |

5
पालो आँउछ
एक चोटी सबको
श्रदान्जलीको |




अजय ढुंगाना 
लण्डन
तस्बिर: indianexpress.com