Sunday, December 15, 2013

गजल (११८), अजय ढुंगाना

गजल (११८)

मेरा स्वप्निल रहरका आश तिमी नै हौ कि,
सोच्दैछु जिन्दगीको प्रकाश तिमी नै हौ कि,

निशब्धता भित्र पनि आशा हुन्छ रविको,
ज्योतिर्मय समयको विश्वास तिमी नै हौ कि,

समय फगत बितेको छ, टाडा छु यस्तै लाग्छ,
सामिप्यताको नौलो आभाष तिमी नै हौ कि,

हर क्षण तिमीलाई भेट्छु, मन भित्रको स्मृतिमा,
लाग्छ जता जाँउ सारा आकाश तिमी नै हौ कि

अजय ढुंगाना
२०६२ जेष्ठ 

No comments: